आइपिएल : उद्घाटन खेलमा कोहलीको टिम ७० रनमै अलआउट, चेन्नईको विजयी सुरुवात

आइपिएल २०१९ को उद्घाटन खेलमा डिफेन्डीङ च्याम्पियन चेन्नई सुपर किंग्सले विजयी सुरुवात गरेको छ । विराट कोहलीको कप्तानीमा रहेको विस्फोटक ब्याट्सम्यानले भरिपूर्ण रोयल च्यालेन्जर्स बेंग्लोरलाई ७० रनमा अलआउट गर्दै चेन्नईले ७ विकेटको जित निकाल्यो ।

कप्तान महेन्द्र सिंह धोनीले टस जितेर लिएको बलिङ गर्ने निर्णय चेन्नईका बलरहरुले धारिलो बलिङ गर्दै सही साबित गरेका थिए । ओपनिङमा आएका कप्तान कोहलीलाई चौथो ओभरको तेस्रो बलमा व्यक्तिगत ६ रन बनाउँदा गुमाएको बेंग्लोरका कुनैपनि ब्याट्सम्यानलाई चेन्नईका बलरले सम्हालिने मौका दिएनन् ।

कोहलीलाई रविन्द्र जडेजाको हातबाट क्याच आउट गराउँदै हरभजन सिंहले चेन्नईलाई पहिलो सफलता दिएलाका थिए । बेंग्लोरका लागि अर्का ओपनर पार्थिव पटेलले ३५ बलमा २९ रन बनाउनु बाहेक अन्य कुनैपनी ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न ससकेनन् ।

मोइन अलि र एबि डे भिलियर्सले क्रमशस् ८ र १० बलमा समान ९ रन बनाउँदै सकारात्मक लक्षण देखाएका थिए । तर, दुवैजनालाई पभेलियन फर्काउँदै हरभजन सिंहले बेंग्लोरलाई खेलमा फर्किने एउटा पनि अवसर दिएनन ।

बेंग्लोरलाई सस्तैमा समेट्ने क्रममा हरभजन सिंहले ४ ओभरमा २० रन दिएर ३ विकेट लिए भने इमरान ताहिरले एउटा मेडन ओभरका साथ ४ ओभरमा ९ रन दिएर समाम ३ विकेट लिए । यस्तै, रविन्द्र जडेजाले ४ ओभरमा १५ रन दिएर २ विकेट लिएभने एक बलमात्र बलिङ गरेका ड्वेन ब्राभोले एक विकेट लिएका थिए ।

७१ रनको न्यून लक्ष्य लिएर जवाफी ब्याटिङमा आएको चेन्नईले ७ विकेटको जित हासिल गरेपनी सहज जित भने आत्मसात गर्न सकेन । बेंग्लोरका बलरले पनि कसिलो बलिङ गरेपछि चेन्नई १७।४ ओभरमा मात्र जित निकाल्न सक्यो ।

चेन्नईका लागि अम्बाती रायडुले २ चौका र १ छक्काको मद्दतमा ४२ बलमा सर्वाधिक २८ रन बनाए भने २१ सुरेश रैनाले २१ बलमा १९ रन बनाउँदै आइपिएलमा ५००० रन कटाउन सफल भए ।

तेस्रो ओभरको पहिलो बलमा युजवेन्द्र चाहलले ८ बल खेलेका ओपनर शेन वाट्सनलाई डक आउट गर्दै बेंग्लोरको जितको सम्भाव्यता बढाएका थिए तर, रैना र रायडुले सम्हालिएर ब्याटिङ गरेपछी चेन्नईले उद्घाटन खेलमा जित हात पार्न सफल भयो । यसैगरी, केदार जाधव र रविन्द्र जडेजाले नटआउट रहँदै क्रमशस् १९ बलमा १३ र १५ बलमा ६ रन जोडेका थिए ।

चेन्नईका ब्याट्सम्यानलाई दबाबमा राख्ने क्रममा १ विकेट लिएका चाहलले ४ ओभरमा १ ओभर मेडन राख्दै केबल ६ रन दिएका थिए भने मोइन अलिले ४ ओभरमा १९ रन दिएर एक विकेट लिन सफल भए । यस्तै, २ ओभर बलिङ गरेका मोहम्मद सिराजले १ ओभर मेडन राख्दै ५ रन दिएर १ विकेट लिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP