डेल स्टेनले टुंग्याए खेलाडी जीवन

Read Time:2 मिनेट

दक्षिण अफ्रिकाबाट सर्वाधिक टेस्ट विकेट लिने डेल स्टेनले मंगलबार आफ्नो खेलाडी जीवनलाई विश्राम दिने घोषणा गरेका छन्। ३८ वर्षे तीब्र बलर स्टेनले सामाजिक सञ्जालमार्फत मंगलबार आफ्नो खेलाडी जीवन टुंग्याएको घोषणा गरेका हुन् ।

स्टेनले सन् २०१९ मै टेस्ट क्रिकेटबाट विदा लिएका थिए । ९३ टेस्ट खेलको उनले ४३९ विकेट लिएका छन्। यसबीच उनले टि२० र एकदिवसीय क्रिकेट भने खेले । एकदिवसीय अन्तर्राष्ट्रियमा उनले १ सय ९६ विकेट लिएका छन् भने टि२०मा ४७ खेलमा ६४ विकेट लिएका छन्।

स्टेनले २०२० को फेब्रुअरीमा अस्ट्रेलियाविरुद्ध पछिल्लो पटक ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलेका थिए । उनले पछिल्लोपल्ट खेलेको मार्चमा हो, जब उनले क्वेट ग्लाडियटर्सबाट कराँचीमा पाकिस्तान सुपर लिग खेलेका थिए ।

खेल जीवन टुंग्याउने घोषणा गर्दै स्टेनले लेखेका छन्, ‘२० वर्षदेखि मेरो जीवन एउटै रफ्तारमा चलिरहेको थियो । प्रशिक्षण, खेल, जित, हार, खुट्टा खुम्च्याउनु, जेटल्याग, खुसी र भाइचारामा दैनिकी चलिरहेको थियो । मेरो परिवारका सदस्यदेखि पत्रकार र प्रशंसक सबैलाई यो अविश्वसनीय यात्राका लागि धन्यवाद दिन चाहन्छु ।’

आफ्नो उत्कृष्ट समयमा उनी नयाँ बलमा लेट अवे स्विङका महारथी थिए । त्यस्तै पुरानो बलमा रिभर्स स्विङ र उच्च गतिमा बलिङ गर्नु उनको विशेषता थियो । आईसीसीको वरीयतामा उनी ६ वर्ष टेस्ट क्रिकेटमा नम्बर एक बलरका रूपमा रहे ।

दक्षिण अफ्रिकाका पूर्वकप्तान एबी डी भिलियर्स, इंग्ल्यान्डका तीव्र गतिका बलर जेम्स एन्डरसन, अस्ट्रेलियाका प्याट कमिन्सलगायतले उनलाई महान् खेलाडी भन्दै सामाजिक सन्जालमा स्टेनको चर्चा गरेका छन् ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post एट्लेटिकोका मिडफिल्डर साउल चेल्सीमा
Next post नेपाल र भारतबीचको खेल हेर्न दर्शकलाई अनुमति, खोप र पिसिआर रिपोर्ट अनिवार्य
Close