वेस्टइन्डिजद्वारा श्रीलंकाविरुद्धको वान डे सिरिज क्लिन स्विप

घरेलु टिम वेस्टइन्डिजले श्रीलंकाविरुद्धको एकदिवसीय क्रिकेट सिरिज क्लिन स्विप गरेको छ । नर्थ साउन्डमा भएको तीन खेलेका एकदिवसीय सिरिजको अन्तिम खेलमा ५ विकेटको जित निकाल्दै वेस्टइन्डिज सिरिज क्लिन स्विप गरेको हो।

पहिला ब्याटिङ गर्दै श्रीलंकाले दिएको २७७ रनको लक्ष्य वेस्टइन्डिजले ४८.३ ओभरमा बलमा ५ विकेटको क्षतिमा भेट्टायो । उसका लागि डारेन ब्राभोले शतक बनाउँदा शाइ होप र कप्तान केइरन पोलार्डले अर्धशतकीय इनिङ खेले।

१३२ बल खेलेका ब्राभोले ५ चौका र ४ छक्का प्रहार गर्दै १०२ रन बनाए भने होपले ६४, पोलार्ड ५३ रनको इनिङ्स खेले । होपले ७२ बलमा ३ चौका र २ छक्का प्रहार गर्दा पोलार्डले ४२ बलमा ४ चौका र १ छक्का प्रहार गरे। श्रीलंकाका सुरंगा लकमालले २ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको श्रीलंकाले ५० ओभरमा ६ विकेटको क्षतिमा २७४ रन बनायो । उसका लागि हसरंग डी सिल्भाले सर्वाधिक ८० रन बनाए भने अशेन बानडराले ५५ रनको इनिङ खेले । डी सिल्भाले ६० बल खेल्दै ७ चौका र ३ छक्का प्रहार गरे भने बानडराले ७४ बलमा ३ चौका र १ छक्का प्रहार गरे।

यस्तै, दनुश्का गुनाथिलकाले ३६ तथा कप्तान दिमुथ करुनारत्ने ३१ रन बनाए । वेस्टइन्डिजका एकेल होसेनले ३ तथा अल्जारी जोसेफ र जासन मोहम्मदले समान १ विकेट लिए ।

यसअघिका दुई खेल वेस्टइन्डिजले ८ विकेट र ५ विकेटले जितेको थियो। यसअघि वेस्टइन्डिजले ३ खेलको टि–३० सिरिज पनि २–१ले जितेको थियो।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.