अस्ट्रेलियामा शनिबारबाट दर्शकसहित क्रिकेट सुरु हुने

कोरोना भाइरसका करिब तीन महिनायता ठप्प अस्ट्रेलियन क्रिकेटमा पुनः चहल पलह सुरु भएको छ । अस्ट्रेलिया राष्ट्रिय टिमसहित क्लबहरुले पनि प्रशिक्षण थालेका छन् ।

क्रिकेटलाई पहिला कै अवस्थामा फर्काउने तयारी स्वरुप शनिबारबाट अस्ट्रेलियामा दर्शकसहित क्रिकेट हुने भएको छ । डार्बिनमा दर्शकसहितको डार्बिन क्रिकेट लिग (सिडियू टप टी–२०) प्रतियोगिता शनिबारबाट सुरु हुने भएको हो ।

सरकारको अनुमति लिएर महामारीकाबीच प्रतियोगिता हेर्नका लागि दर्शकलाई रंगशाला प्रवेश गराउन लागिएको बताइएको छ । एक खेलमा बढीमा पाँच सय दर्शक मैदान प्रवेश गराउन सरकारले अनुमति दिएको छ ।

डार्विन क्रिकेट प्रमुखका अनुसार प्रतियोगिता आइसिसीको पछिल्लो स्वास्थ्य निर्देशिका अनुसार नै हुनेछ । उनले सुरक्षाका सबै उपाय अपनाउने र सरकारी नियमको पनि पालना गरिने बताए । उनले खेलाडीहरूले खेलमा बल चम्काउन थुकको प्रयोग गर्न नदिइने पनि बताए ।

लिगका कार्यकारी अघिकृत जोएल मोरिसनले प्रतियोगितालाई कोरोनाको महामारीपछि क्रिकेटको पुनरागमनको उत्सव भएको बताएका छन् ।

डार्बिन क्रिकेट लिगमा १५ टिम सहभागी छन् । कोरोना भाइरसको महामारीका कारण यो पटक लिग ३ दिनमा सकिने छ । राउन्ड रोबिनका आधारमा हुने लिग ६–८ जुलाईमा डार्बिनमा हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *