दिल्लीमाथि राजस्थान ३ विकेटले विजयी

Read Time:1 Minute

इन्डियन प्रिमियर लिग (आइपिएल)मा राजस्थान रोयल्स विजयी भएको छ। बिहीबार राति भएको खेलमा राजस्थानले दिल्ली क्यापिटल्सलाई ३ विकेटले हराउँदै पहिलो जित निकाल्यो।

मुम्बईस्थित वाङखडे स्टेडियममा दिल्लीले दिएको १४८ रनको लक्ष्य राजस्थानले १९.४ ओभरमा ७ विकेट गुमाएर पूरा गरेको हो। राजस्थानको जितमा डेभिड मिलरले ६२ रन बनाए । यस्तै क्रिस मोरिसले अविजित ३६ रन योगदान गरे भने जयदेव उनादकाट ११ रनमा अविजित रहे ।

यस्तै, राहुल टेवाटिया १९ रन बनाएर आउट भए । दिल्लीका अभेस खानले ३, क्रिस वोक्स र कागिसो राबडाले २–२ विकेट लिए ।

त्यसअघि हारेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ८ विकेट गुमाएर १४७ रन बनाएको थियो । दिल्लीका लागि कप्तान ऋषभ पन्तले सर्वाधिक ५१ रन बनाए । यस्तै टम कुरानले २१, ललित यादवले २० र क्रिस वोक्सले अविजित १५ रन जोडे। राजस्थानका जयदेव उनाक्डले ३ र मुस्ताफिजुर रहमानले २ विकेट लिए ।

राजस्थानले पहिलो जितपछि २ खेलबाट २ अंक जोडेको छ । पहिलो हारपछि दिल्लीको पनि २ अंक नै छ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post विराटन गोल्डकप : संकटालाई हराउँदै पञ्जाब पुलिस फाइनलमा
Next post तीन कप्तान गरे त्रिकोणात्मक सिरिजको ट्रफी सार्वजनिक
Close