दक्षिण अफ्रिकाले जित्यो आयरल्यान्डविरुद्धको टि–२० सिरिज

आयरल्याण्डविरुद्धको तीन खेलको टि–२० सिरिज दक्षिण अफ्रिकाले एक खेल अगावै जितेको छ। बिहीबार राति डुब्लिमा भएको दोस्रो खेलमा आयरल्यान्डलाई ४२ रनले हराउँदै दक्षिण अफ्रिकाले सिरिज जितेको हो। पहिलो खेल दक्षिण अफ्रिकाले ३३ रनले जितेको थियो।

पहिला ब्याटिङ गर्दै दक्षिण अफ्रिकाले दिएको १६० रनको लक्ष्य आयरल्यान्डले १९.३ ओभरमा अलआउट हुँदै ११७ रन मात्र बनाउन सक्यो। उसका लागि शान गेट्काटेले सर्वाधिक २४ रन बनाउँदा जर्ज डोक्रेलले २० र जोड्दा पाउल स्टर्लिङले १९ रन बनाए । दक्षिण अफ्रिकाका तब्रिज साम्सी र बेज्रोन फोर्टुनले समान ३ विकेट लिए भने बिउरन हेन्ड्रिक्सले २ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले २० ओभरमा ७ विकेट गुमाएर १५९ रन बनायो। उसका लागि डेविड मिलरले नटआउट ७५ रन बनाए । उनले ४४ बल खेल्दै ४ चौका र ५ छक्का प्रहार गरे।

यस्तै, वियन मुल्देरले ३६ रन जोड्दा क्विनटन डी ककले २७ रन बनाए । आयरल्याण्डका लागि पाउल स्टर्लिङ र मार्क एडिअरले समान २ विकेट लिए ।

Facebook Comments Box