अस्ट्रेलियाका पूर्वक्रिकेटर जोन्सको निधन

अस्ट्रेलियाका पूर्वक्रिकेटर डिन जोन्सको निधन भएको छ । ५९ वर्षीय अस्ट्रेलियाका पूर्वक्रिकेटर जोन्सको बिहीबार हृदयघातका कारण निधन भएको हो ।

भारतको मुम्बईस्थित एक होटलमा रहेका जोन्सको हृदयाघात भएको थियो । उनी भारतीय प्रिमियर लिग ९आईपीएल०को कमेन्ट्री टोलीको सदस्यका रुपमा भारत आएका थिए ।

सन् १९८४ देखि १९९४ सम्म अस्ट्रेलियन टिमबाट खेलेका जोन्सले ५२ टेस्ट र १६४ अन्तर्राष्ट्रिय एकदिवसीय खेल खेलेका थिए । उनले टेस्टमा ११ शतक मद्दतमा ३६३१ रन बनाएका छन् भने एकदिवसीयमा ७ शतक र ४६ अर्धशतक मद्दतमा ६०६८ रन बनाएका छन् ।

जोन्स पछिल्लो सयम कोचिङ र कमेन्टेटर दुवैको भूमिकामा थिए । अफगानिस्तानको मूख्य प्रशिक्षक समेत बनेका उनले थुप्रै फ्रेन्चाइच टिमलाई प्रशिक्षण दिएका छन् । दक्षिण एसियाको क्रिकेटमा सुधारको डिन जोन्सले भूमिका महत्वपूर्ण मानिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP