आईपिएपलमा चेन्नईको पहिलो जित

१४औं संस्करणको आईपिएलमा चेन्नई सुरपर किंग्सले पहिलो जित हात पारेको छ। शुक्रबार राति मुम्बईस्थित बन्खाडे स्टेडियमा भएको खेलमा किंग्स पञ्जाबमाथि ६ विकेटको जित निकाल्दै चेन्नई यो सिजनको जित हात पारेको हो।

पञ्जाबले दिएको १०७ रनको झिानो लक्ष्य चेन्नाईले १५.४ ओभर खेल्दै ४ विकेट गुमाएर पूरा गरेको हो । चेन्नाईका लागि मोइन अलीले सर्वाधिक ४७ रन बनाए । उनले ३१ बल खेल्दै ७ चौका र १ छक्का प्रहार गरे । यस्तै ओपनर फाप डु प्लेसिसले अविजित ३६ रन जोडे । पञ्जावका मोहम्मद शामीले २ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पञजावले २० ओभरमा ८ विकेट गुमाएर १०६ रन बनाएको थियो । पञ्जावका लागि साहरुख खानले सर्वाधिक ४७ रन बनाए । उनले ३६ बल खेल्दै ४ चौका र २ छक्का प्रहार गरे । झ्ये रिचर्डसनले १५ रन जोडे ।

पञ्जाबलाई कम स्कोरमा रोक्न चेन्नाईका दीपक चाहरले ४ ओभरमा १ मेडन राख्दै १३ रन खर्चेर ४ विकेट लिए । यस्तै साम करन, मोइन अली र ड्वेने ब्राभोले समान १ विकेट लिए ।

यस सिजन चेन्नाईको यो पहिलो जित हो । यसअघि पहिलो खेलमा चेन्नाई दिल्ली क्यापिटल्ससँग ७ विकेटले पराजित भएको थियो भने पहिलो खेलमा पञ्जाबले राजस्थानलाई ४ रनले हराएको थियो।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.