दिल्लीलाई झट्का, इशान्तले आईपिएलका बाँकी खेल गुमाउने

खेलाडीको चोटका कारण सताइएको आईपिएल टिम दिल्ली क्यापिटल्सलाई अर्को झट्का लागेको छ । ट्रेनिङका क्रममा अनुभवी फास्टबलर इशान्त शर्मा घाइते भएपछि दिल्लीलाई झट्का लागेको हो ।

आईपिएल सुरुहुनु केही दिनअघि घाइते भएपछि इशान्त सुरुवाती केही खेल गुमाएका थिए । २३ वर्षीय इशान्तले सनसाइजर्स हैदरावादविरुद्धको १ खेल मात्र खेलेका छन् ।

गत अक्टोर ७मा ट्रेनिङका क्रममा इशान्त घाइते भएको दिल्लीले जनाएको छ । सो ट्रेनिङ सेसनमा बलिङका क्रममा उनले दुखाईको महसूस गरेका थिए । पछि परीक्षण गर्दा उनले पुरै सिजन गुमाउने भएको दिल्लीले उल्लेख गरेको छ । उनको तिघ्राको मासु च्यात्तिएको बताइएको छ ।

चोटकै कारण दिल्लीले लेगस्पिनर अमित मिश्रा र ऋपव पन्तलाई गुमाइसकेको छ । राजस्थान रोयल्स्विरद्धको ह्यामिस्ट्रङ समस्या देखिएका पन्त १ साता मैदान बाहिर रहने छन् भने औंलामा चोट लागेका कारण मिश्राले आईपिएलका सबैखेल गुमाइसकेका छन् ।

यसअघि रविचन्द्र आविश्वन पनि पहिलो खेलमै घाइते भएका थिए । किंग्स इलावेन पञ्जावविरुद्धको खेलमा काँधमा चोट लागेका आविश्वन चोट मुक्त हुँदै फर्किए सकेका छन् ।

अनुभवी बलर इशान्तले भारतका लागि ९७ टेस्ट, ८० वानडे र १४ टि–२० खेल खेलका छन् । उनी भारतको टेस्ट टिमका प्रमुख बलर हुन् ।

यस वर्षको अन्त्यमा हुने अस्ट्रेलियाविरुद्धको टेस्ट सिरिजमा इशान्त फर्कने नफर्कने द्विविधा भएको छ । उनी भारतीय टेस्ट टिममा फर्किने नफर्किने उनको रिकोभरी कसरी हुन्छ, त्यसमा भरपर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP