आइपिएलः राजस्थानलाई हराउँदै दिल्ली शीर्ष स्थानमा, पञ्जाबले हैदरावादलाई हरायो

युएईमा जारी आईपिएल अन्तर्गत शनिबार दुई खेल भए । पहिलो खेलमा दिल्ली क्यापिटल्सले राजस्थान रोयल्समाथि ३३ रनको जित निकाल्यो भने दोस्रो खेलमा पञ्जाब किंग्सले सनराइसर्ज हैदरावादलाई ५ रनले हरायो।

अबुधावीमा भएको खेलमा पहिला ब्याटिङ गर्दै दिल्लीले दिएको १५५ रनको लक्ष्य पछ्याएको राजस्थानले २० ओभरमा ६ विकेट गुमाउँदै १२१ रन मात्र बनाउन सक्यो । उसका कप्तान सञ्जु सामनसले ५३ बलमा नटआउट ७० रन बनाए पनि अन्यले गतिलो योगदान नदिँदा टिम पराजित भयो।

महिपाल लोम्रोले १९ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा स्कोर बनाउन सकेनन्। दिल्लीका एनरिच नोर्कियाले २ विकेट लिए।

यसअघि पहिला ब्याटिङ गरेको दिल्लीले निर्धारित ओभरमा ६ विकेट गुमाउँदै १५४ रन बनाए । उसका श्रेयस ऐयरले सर्वाधिक ४३ रन बनाउँदा सिमरन हेटमेयरले २८ रन बनाए । हैदरावादनका मुस्ताफिजुर रहमान र चेतन सकारि।याले समान २ विकेट लिए ।

यसैगरी सारजाहमा भएको अर्को खेलमा पहिला ब्याटिङ गर्दै पञ्जावले दिएको १२६ रनको सामान्य लक्ष्य हैदरावादले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै १२० रन मात्र बनाउन सक्यो

हैदरावादका जासन होल्डरले सर्वाधिक ४७ रन बनाउँदा ऋद्धिमन साहले ३१ रन बनाए । पञ्जाबका रवि विस्नोइले ३ तथा मोहम्मद सामीले २ विकेट लिए।

पहिला ब्याटिङ गरेको पञ्जाबका लागि एइडन मक्रमले सर्वाधिक २७ रन बनाउँदा कप्तान केएल राहुलले २१ र हरप्रित बारले १८ रनको योगदान दिए । हैदरावादका जासन होल्डरले ३ विकेट लिए।

जितपछि दिल्ली १० खेलमा १६ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ । एक खेल कम खेलेको चेन्नई सुपर किंग्स १४ अंकसहित दोस्रो स्थानमा छ । ८ अंक जोडेको पञ्जाब पाँचौं स्थानमा छ भने ८ अंक नै जोडेको राजस्थान साँतौं र हैदरावाद २ अंकसहित पुछारमा छ।

Facebook Comments Box