आईपिएल : राजस्थान हार्दा दिल्ली शीर्ष स्थानमा

दिल्ली क्यापिटल्स युएईमा जारी १३औं संस्करणको इन्डियन प्रियिमर लिग (आईपिएल)को शीर्ष स्थानमा उक्लिएको छ । बुधबार राति भएको खेल राजस्थान रोयल्स कोलकाता नाइट राइडर्ससँग पराजित भएपछि दिल्ली शीर्ष स्थानमा उक्लिएको हो ।

राजस्थान कोलकातासँग ३७ रनले पराजित भएपछि दिल्ली रनरेटका आधारमा शीर्ष स्थानमा उक्लिएको हो । कोलकाता दोस्रो स्थानमा छ भने राजस्थान तेस्रो स्थानमा छ । रोयल च्यालेन्जर्स बैंग्लोर चौथो स्थानमा छ ।

तीन चरणको खेल सकिँदा चारवटै टिमको समान ४ अंक छ । रनरेटमा माथि रहँदै दिल्ली शीर्ष स्थानमा रहेको हो । मंगलबार सनराइजर्स हैदरावादसँग पराजित भएको दिल्लीको रनरेट ०.४८३ छ भने कोलकाताको ०.११७, राजस्थानको –०.२१९ र बैंग्लोरको –१.४५ छ ।

दिल्लीले सुरुवाती दुई खेलमा किंग्स इलावेन पञ्जावलाई सुपर ओभरमा पराजित गरेको थियो भने दोस्रो खेलमा चेन्नई सुपर किंग्सलाई ४४ रनले पराजित गरेको थियो । यता, कोलकाता पहिलो खेलमा मुम्बईसँग ४९ रनले पराजित भएको थियो भने दोस्रो खेलमा सनराइजर्स हैदरावादलाई ७ विकेटले पँजित भएको थियो ।

यसैगरी सुरुवाती दुवै खेलमा जित निकालेको राजस्थानले चेन्नई सुपर किंग्सलाई १६ रन र किंस इलावेन पञ्जावलाई ४ विकेटले पराजित गरेको थियो । बैंग्लोर पहिलो खेलमा सनराइजर्स हैदरावदलाई १० रनले पराजित गरेको थियो भने दोस्रो खेलमा किंग्स इलावेन पञ्जावसँग ९७ रनले पराजित भएको थियो । यस्तै तेस्रो खेलमा मुम्बईलाई सुपर ओभरमा पराजित गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP