कोलकातामाथि दिल्लीको ४४ रनको फराकिलो जित

Read Time:2 Minute

ओपनर डेविड वार्नर र पृथ्वी शाको अर्धशतकमा दिल्ली क्यापिटल्सले आईपीएलमा लगातार दोस्रो जित निकालेको छ। आइतबार भएको खेलमा दिल्लीले कोलकातालाई ४४ रनले पराजित गरेको हो।

कोलकाता नाइट राइडर्सलाई २ सय १६ रनको विशाल लक्ष्य पछ्याएको कोलकताले निर्धारित १९।४ ओभरमा अलआउट हुँदै १७१ रन मात्रै बनाउन सक्यो। कोलकताका लागि श्रेयस अय्यरले सर्वाधिक ५४ रन बनाए। उनले ३३ बलमा ५ चौका र २ छक्का प्रहार गरे। यस्तै, नितिश राणाले २० बलमा ४ छक्कासहित ३० रन बनाए।

आन्द्रे रसेल २०, वेंकटेश अय्यर १८, साम बिलिंग्स १५ रनमा आउट हुँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। दिल्लीका स्पिनर कुलदीप यादवले ४ ओभरमा ३५ रन खर्चेर ४ विकेट लिए। खलिल अहमदले ३ विकेट लिए। शार्दुल ठाकुरले २ विकेट लिए।

त्यसअघि ब्रेबोन स्टेडियम मुम्बईमा टस हारेर ब्याटिङको निम्तो पाएको दिल्लीले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २ सय १५ रन बनायो।

दिल्लीका डेविड वार्नरले सर्वाधिक ६१ रनको योगदान दिए। उनले ४५ बलमा ६ चौका र २ छक्का प्रहार गरे। अर्का ओपनर पृथ्वी शाले २९ बलमा ७ चौका र २ छक्कासहित ५१ रनको आक्रामक सुरुआत दिलाएका थिए।

पहिलो विकेटका लागि शा र वार्नरले ८।४ ओभरमा ९३ रनको साझेदारी गर्दै आक्रामक उत्कृष्ट सुरुआत दिलाएका थिए। कप्तान ऋषभ पन्त २७ रनमा क्याच आउट भए। ललित यादव १ र रोभम्यान पावेल ८ रनमा आउट भए।

तल्लोक्रमका शार्दुल ठाकुरले २९ रनको अविजित इनिङ्स खेले। अक्षर पटेल २२ रनमा अविजित रहे। कोलकाताका स्पिनर सुनिल नारायणले २ विकेट लिए।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post नेपाल बास्केटबल लिग जेठमा
Next post दुई पटकको अग्रता जोगाउन नसक्दा सिटीले लिभरपुलसँग बाँड्यो अंक
Close