दिल्लीले यो पटक ‘धन्यवाद कोभिड वारियर्स’ लेखिएको जर्सी लगाउने

इन्डियन प्रिमियर लिग (आईपिएल)को नयाँ सिजन दिल्ली क्यापिटल्सले यस सिजन ‘धन्यवाद कोभिड वारियर्स’ खेलको जर्सी लगाउने छ । कोरोना महामारीमा खटिएका स्वयंसेवकको सम्मानमा ‘धन्यवाद कोभिड वारियर्स’ लेखिएको जर्सी लगाउने निर्णय गरिएको दिल्ली जनाएको छ ।

दिल्लीले सामाजिक सञ्जालमा लेखेको छ, ‘कोरोना महामारी नियन्त्रणमा खटिएका स्वस्थ्य लगायत सबै क्षेत्रका व्यक्तिहरुको सम्मानमा ‘धन्यवाद कोविड वारियर्स’ लेखीएको जर्सी प्रयोग गर्ने निर्णय भएको हो ।’

दिल्लीले फस्टबलर इशांत शर्मा, स्पिनर अमित मिश्रा र सहायक प्रशिक्षक मोहम्मद कैफको आग्रहमा यस्तो निर्णय गरेको बताइएको छ ।

नेपाली युवा लेगस्पिनर सन्दीप लामिछानेले पनि लागतार तेस्रो सिजन दिल्ली क्यपिटल्सबाटै आईपिएल खेल्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP