राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक वाटमोर श्रीलंका गए

नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक डेभ वाटमोर मंगलबार श्रीलंका गएका छन् । कोरोनाको दोस्रो लहरपछि नेपालमा क्रिकेट गतिविधि बन्द भएपछि वाटमोर परिवारसँग भेट्नका लागि श्रीलंका गएका हुन्।

तत्काल क्रिकेट गतिविधि नभएकोले वाटमोर श्रीलंका जान लागेका हुन् । अष्ट्रेलियाका प्रशिक्षक वाटमोरको परिवार श्रीलंकामै छन् ।

२०२१ जनवरीदेखि एक वर्षका लागि नेपालको मुख्य प्रशिक्षक बनेका वाटमोरको पहिलो प्रशिक्षणमै नेपालले वैशाख ४ देखि ११ गतेसम्म काठमाडौंमा भएको त्रिकोणात्मक टी–२० सिरिजको उपाध जितेको थियो ।

नेपालले अब विश्वकप लिग २ अन्तर्गत नै जुलाईमा स्कटल्याण्डमा सिरिज खेल्ने तालिका छ । जसमा नेपालसहित स्कटल्याण्ड र नामिबियाले प्रतिस्पर्धा गर्नेछन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.