
वाटमोर भन्छन्– क्यानले खेलाडीलाई खेल्ने वातावरण बनाइदिनुपर्छ
आईसिसी विश्वकप लिग–२ अन्तर्गतको दोस्रो क्रिकोणात्मक सिरिजको अन्तिम खेलमा ओमानविरुद्ध सानदार जित निकालेपछि नेपाली राष्ट्रिय टिमका प्रशिक्षक डेभ वाट्मोरले नेपाली क्रिकेटको भविष्यमा राम्रो भएको बताएका छन्। उनले अन्तर्राीष्ट्रय खेलको अभुनव धेरे लिन पाए नेपाली टिमले अझै राम्रो गर्ने बताए।
आइतबार भएको खेलमा नेपालले ओमानमाथि ७ विकेटको जित निकालेको थियो । एकदिवसीय क्रिकेट नेपालले ओमानलाई पराजित गरेको यो पहिलो पटक थियो।
नेपालका लागि वाट्मोरको यो अन्तिम खेल हो । यसअघि नै उनले पारिवारिक कारणले ओमान भ्रमणपछि लागू हुनेगरी राजिनामा दिएका थिए । उनी ओमानबाट सिधै श्रीलंका जाने छन्।
‘नेपाली क्रिकेटको भविष्य राम्रो रहेको छ। तर, एक्पोजरको भने खाँचो छ,’ प्रशिक्षक वाट्मोरले भने, ‘त्यसका लागि नेपाल क्रिकेट संघले जतिसक्दो धेरै खेल आयोजना गरेर खेलाडीलाई खेल्ने वातावरण बनाउनुपर्छ।’
उनले समान स्तरका टिमसँग खेलेर मात्र टिम माथि उठ्न नसक्ने बताउँदै अहिलेको क्षमताभन्दा माथि उठ्न बलियो टिमसँग खेल्न आवश्यक रहेको बताए।