पहिलो टि–२०मा न्युजिल्यान्डले बंगलादेशलाई हरायो

न्युजिल्यान्डले टि–२० सिरिजको पहिलो खेलमा बंगलादेशमाथि जित निकालेको छ । आइतबार भएको खेलमा न्युजिल्यान्डले बंगलोदशमाथि ६६ रनको सहज जित निकालेको हो।

पहिला ब्याटिङ गर्दै न्युजिल्यान्डले दिएको २११ रनको विशाल लक्ष्य पछ्याएको बंगलादेशले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १४४ रन मात्रै बनाउन सक्यो। उसका लागि अफिफ हुसैनले ४५, मोहम्मद सैफुदिनले ३४ र होम्मद नइमले २७ रन बनाए।

न्युजिल्यान्डका इश सोधीले ४ ओभरमा २८ रन खर्चेर ४ विकेट लिए भने लोकिइ फर्गुसनले २ विकेट लिए ।

हामिल्टन भएको खेलमा पहिला ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा तीन विकेटको क्षतिमा २१० रन बनाएको थियो। न्युजिल्यान्डका लागि डेभोन कोन्वेले ९२ रनको उत्कृष्ट इनिङ खेले।

उनले ५२ बल खेल्दै ११ चौका र ३ छक्का प्रहार गरे। त्यस्तै, विल योङले ५३ र मार्टिन गुप्टिलले ३५ रन बनाए। बंगलादेशका नासुम अहमदले दुई विकेट लिए।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.