धम्मिका श्रीलंकाबाटै ओमान जाने

Read Time:1 Minute

नेपाली राष्ट्रिय क्रिकेट टिमका बलिङ कन्सलट्यान्ट कम्मिका प्रसाद श्रीलंकाबाटै ओमान जाने भएका छन्। गत सातामात्रै बलिङ कन्सलट्यान्टमा नियुक्त भएका धम्मिका नेपाली टिममा समावेश हुने सिधै ओमान जाने भएका हुन्।

टि–२० विश्वकपकको ग्लोबल क्वालिफारका खेल्ने नेपाली टिम अहिले ओमानमा छ । नेपाली टिम मंगलबार मात्र ओमान गएको हो । ग्लोबल छनोटकै लागि क्यानले धम्मिकालाई नियुक्त गरेको हो।

नेपाली टिमसँग जोइन हुन नेपालमै आउने तय भए पनि प्राविधिक कारणले गर्दा उनी नेपाल आउन सकेका थिएन्।

टि–२० विश्वकपको ग्लोबल क्यालिफायर फेब्रुअरी १८ देखि २४ तारिखसम्म ओमानमा हुनेछ । जहाँ नेपालले समूह चरणमा ओमान, क्यानडा र फिलिपिन्ससँग खेल्नेछ । छनोटमा नेपालले फागुन ६ मा ओमान, फागुन ७ मा फिलिपिन्स र फागुन ९ मा क्यानडासँग खेल्नेछ।

ग्लोबल क्लालिफायरअघि नेपालले आयरल्यान्ड, ओमान र युएईसँग टि–२० सिरिज खेल्ने छ। सिरिज माघ २८ देखि फागुन २ गतेसम्म हुनेछ।

नेपालले पहिलो खेल माघ २८ मा ओमान, दोस्रो खेल माघ २९ मा युएई र तेस्रो खेल फागुन २ मा आयरल्यान्डसँग खेल्नेछ। सिरिजका सबै खेलले टि–२० अन्तर्राष्ट्रियको मान्यता पाउने छ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post रेलिगेसन जोनबाट बाहिरिँदै पुलिस, च्यासलमाथि थप दबाब
Next post राखेपको कार्यकारी सदस्य सचिवमा पोखरेल
Close