नेपालका बलिङ प्रशिक्षक धम्मिका प्रसादलाई अमेरिकाले दिएन भिसा

Read Time:1 Minute

अमेरिकाले नेपाली राष्ट्रिय क्रिकेट टिमका बलिङ प्रशिक्षक धम्मिका प्रसादलाई भिसा दिन अस्वीकार गरेको छ। विश्वकप लिग–२ अन्तर्गतको सिरिजका लागि अमेरिका जान लागि श्रीलंकाको कोलम्बोस्थित अमेरिकी दूतावासमा आवेदन दिएका उनलाई अमेरिकाले भिसा दिन अस्वीकार गरेको हो।

क्रिकेट विश्वकप लिग टू खेल्न नेपाल अमेरिका जाँदै छ । नेपाली क्रिकेट टिमको बलिङ कन्सलटेन्ट धम्मिका नेपाली टिमलाई बलिङको प्रशिक्षण दिन अमेरिका जान लागेका थिए । तर, उनलाई अमेरिकाले भिसा नदिएको हो ।

अमेरिकाको टेक्सास राज्यमा जुन ६ देखि १६ सम्म हुने क्रिकेट विश्वकप लिग टूमा नेपालले अमेरिका र ओमानसँग खेल्ने छ ।

ओमानमा भएको चार देशीय टी(२० सिरिज र टी–२० विश्वकप ग्लोबल क्वालिफायरसहितका प्रतियोगितामा धम्मिकाले नेपाली खेलाडीलाई बलिङको प्रशिक्षण दिएका छन् ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post टि–२० सिरिजको अन्तिम खेलमा नेपालले युगान्डालाई हरयो
Next post ५ मिनेटमा तीन गोल गर्दै सिटी बन्यो च्याम्पियन
Close