श्रीलंकन बलर धमिकाले इपिएल खेल्ने

श्रीलंकन पूर्वबलर धामिका प्रसादले एभरेष्ट प्रिमियर लिग (इपिएल) खेल्ने भएका छन्। ३८ वर्षीय श्रीलंकाका पूर्व फास्ट बलर धमिकालाई चौथो संस्करणको इपिएलका लागि भैरहवा ग्लाडियर्टसले अनुबन्धन गरेको हो।

धमिकाले श्रीलंकाका लागि २५ टेस्ट, २४ एकदिवसीय र एक टि–२० खेल खेलेका छन् । जसमा उनले टेस्टमा ७५ र एकदिवसीयमा ३२ विकेट लिएका छन् ।

शरद भेषावकरको कप्तानीमा रहेको भैरहवाले यसअघि श्रीलंकाकै पूर्वकप्तान था विकेटकिपर ब्याट्सम्यान उपुल थरंगालाई अनुबन्धन गरेको छ। भैरहवाको प्रशिक्षकमा नेपाली क्रिकेट टोलीका पूर्वप्रशिक्षक पुबुदु दसानायेके छन् ।

६ फ्रेन्चाइज टिम सहभागी इपिएल असोज ९ गतेबाट कीर्तिपुरस्थित टियू मैदानमा सुरु हुनेछ।

Facebook Comments Box