दोस्रो टि–२०मा श्रीलंकाले भारतलाई ४ विकेटले हरायो, सिरिज १–१को बराबरीमा

टि–२० सिरिजको दोस्रो खेलमा श्रीलंकाले भारतलाई पराजित गरेको छ। बुधबार राति कोलम्बोमा भएको खेलमा श्रीलंकाले भारतलाई ४ विकेटले हराउँदै ३ खेलको सिरिज १–१को बराबरीमा ल्याएको छ।

पहिला ब्याटिङ गर्दै भारतले लिएको १३३ रनको सामान्य लक्ष्य श्रीलंका १९.४ ओभरमा ६ विकेट गुमाएर भेट्टायो । उसका लागि धनन्जय डी सिल्भाले नटआउट ४० रन बनाए भने मिनोद भानुकाले ३६ र वानिन्दु हसरंगाले १५ रनको योगदान दिए । भारतका कुलदिप यादवले २ विकेट लिए।

यसअघि पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ५ विकेट गुमाएउँदै १३२ रनमात्र बनाउन सक्यो । उसका लागि कप्तान शिखर धवनले सर्वाधिक ४० रन बनाउँदा देवदुत पडिकलले २९, रुतुराज गायकवाडले २१ रन बनाए ।

भारतलाई सस्तैमा रोक्ने क्रममा श्रीलंकाका अकिला धनन्जयले २ तथा दुश्मन्था चामिरा, डसुन शनका र वानिन्दु हसरंगाले समान १ विकेट लिए।

भारतका अलराउन्डर क्रुनाल पाण्ड्यामा कोरोना संक्रमण देखिएपछि मंगलबारका लागि तय भएको दोस्रो टि–२० बुधबार भएको हो। सिरिजको तेस्रो तथा निर्णय खेल बिहीबार हुनेछ।

Facebook Comments Box