तेस्रो हारसँगै धनगढीको प्लेअफ सम्भावना कमजोर, विराटनगर २१ रनले विजयी

डिफेन्डिङ च्याम्पियन घरेलु टिम धनगढी स्टार्सले तेस्रो संस्करणको रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल)मा खराब सुरुवात गरेको छ । यसअघिका दुई संस्करण उपाधि विजेता धनगढीले जारी डिपिएलका लगातार तीन खेलमा पराजय बेहोरोको छ ।

बुधबार धनगढीस्थित फाप्ला अन्तर्राष्ट्रिय मैदानमा भएको खेलमा धनगढी विराटनगर किंग्ससँग २१ रनले पराजित भयो । यसअघि धनगढी काठमाडौं गोल्डेन्ससँग ४ विकेट र सिवाईसी अत्तरियासँग ५ रनले पारजित भएको थियो ।

प्रतियोगितामा पहिलो जित निकाल्ने क्रममा विरानटरले ‘लो स्कोरिङ म्याच’मा धनगढीलाई २१ रनले पारजित ग¥यो । पहिला ब्याटिङ गर्दै विराटनगर दिएको १०४ रनको सामान्य लक्ष्य पनि धनगढीले पछ्याउन सकेन् ।

विराटनगरविरुद्ध १०४ रनको लक्ष्य पछ्याएको धनगढी ८२ रनमै अलआउट भयो । यसअघि धनगढी रुपन्देहीविरुद्ध पनि ९६ रनको लक्ष्य पनि पछ्याउन असफल भएको थियो ।

धनगढीका लागि सन्दीप रजालीले सर्वाधिक ३४ रन बनाए भने राजु रिजालले १५ रन बनाए । अन्य ब्याट्सम्यानले जिम्मेवारीपूर्वक ब्याटिङ गर्न नसक्दा धनगढी पराजित भयो ।

धनगढीलाई सस्तैमा समेट्ने क्रममा विराटनगरका कप्तान करण केसी र अभिनास यादवले ४–४ विकेट लिए भने सुसन भारीले २ विकेट लिए । करणले ४ ओभरमा २४ रन खर्चिए भने अभिनासले ४ ओभरमा १० रन मात्र खर्चिए ।

यसअघि विराटनगरले २० ओभरमा ९ विकेटको क्षतिमा १०३ रन मात्र बनाएको थियो । उसका लागि अभिनास यादवले २७ रन र करण केसीले २१ रनको योगदान दिए । यस्तै आसिफ शेखले १२ र सांसद शेखले ११ रन बनाए ।

धनगढीका कप्तान सोमपाल कामी र विपिन खत्रीले ३–३ विकेट लिए भने रोविन क्षेत्रीले २ र सुनील धमलाले १ विकेट लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP