धवन चम्किँदा श्रीलंकामाथि भारतको सहज जित

कप्तान शिखर धवनले उत्कृष्ट प्रदर्शन गरेपछि भारतले श्रीलंकामाथि सहज जित निकालेको छ। धवनले अर्धशतकीय इनिङ खेलेपछि एकदिवसीय सिरिजको पहिलो खेलमा भारतले आइतबार राति श्रीलंकालाई ७ विकेटले हरायो।

पहिला ब्याटिङ गर्दै श्रीलंकाले दिएको २६३ रनको लक्ष्य भारतले ३६.४ ओभरमा ३ विकेटको क्षतिमा भेट्टायो । उसका लागि कप्तान शिखर धवनले अविजित रहँदै ८६ रनको इनिङ खेले । उनले ९५ बलमा ६ चौका र १ छक्का प्रहार गरे।

यस्तै, यस्तै इशान किशनले ४२ बलमा ५९ रन बनाउँदा पृथ्वी शले ४३ रन बनाए । यस्तै, मनिष पाण्डेले २६ र सूर्यकुमार यादव ३१ रन बनाए । श्रीलंकाका धनन्जय डि सिल्भाले २ विकेट लिए ।

यसअघि पहिला ब्याटिङ गर्दै श्रीलंकाले ५० ओभरमा ९ विकेटको क्षतिमा २६२ रन बनायो । उसकाचामिका करुनारत्नेले अविजित ४३ रन बनाउँदा कप्तान डसुन शनकाले ३९ र चारिथ आश्लन्काले ३८, मिनोद भानुकाले २७ तथा भानुका राजपाक्षेले २४ रनको योगदान दिए । भारतका दिपक चाहर, युजभेन्द्र चाहल र कुलदिप यादवले २–२ विकेट लिए ।

Facebook Comments Box