बैंग्लोरलाई हराउँदै दिल्ली क्वालिफायरमा, बैंग्लोर एलिमिनेटरमा

लिग चरणको अन्तिम खेलमा जित निकाल्दै दिल्ली क्यापिटल्स १३औं संस्करणको आईपिएलको क्वालिफायरमा पुगेको छ। सोमबार राति भएको खेलमा बैंग्लोरलाई ६ विकेटले हराउँदै दिल्ली अंक तालिकामा दोस्रो हुँदै क्वालिफारमा पुगेको हो।

१४ खेलमा १६ अंक जोड्दै दिल्ली अंक तालिकमा दोस्रो भयो । अब फाइलन प्रवेशका लागि दिल्लीले शीर्ष स्थानको मुम्बई इन्डियन्ससँग खेल्ने छ । दिल्लीसँग पराजित भएपनि बैंग्लोर पनि प्लेअफमा पुगेको छ । आज हुने लिगको अन्तिम खेलमा मुम्बई विजयी भए बैंग्लोर तेस्रो हुने छ भने हैदरावाद विजयी भए बैंग्लोर चौथो हुनेछ । एलिमिनेटरमा बैंग्लोरले कोलकाता नाइट राइडर्स र सनराइजर्समध्ये एकसँग खेल्ने छ ।

पहिला ब्याटिङ गर्दै बैंग्लौरले दिएको १५३ रनको लक्ष्य दिल्लीले १९औं ओभरमा ४ विकेट गुमाउँदै भट्टायो । दिल्लीलाई जित दिलाउन शिखर धवन र अनिन्का रहानेले अर्धशतकीय योगदान दिए । रहानेले ४६ बलमा ५ चोका र १ छक्का प्रहार गर्दै ६० रन बनाए भने धवनले ४१ बलमा ५४ रन बनाए । बैंग्लोरक सहवाज अहमदले २ विकेट लिए भने वासिङ्टन सुन्दर र मोहम्मद सिराजले समान १ विकेट लिए ।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको बैंग्लोरले २० ओभरमा ७ विकेट गुमाउँदै १५२ रन मात्र बनायो। उसका लागि देवदूत पाडिकलले सर्वाधिक ५० रन बनाए । उनले ४१ बलमा ५ चौका प्रहार गरे। यस्तै, एबी डी भिलियर्सले ३५ र कप्तान विराट कोहलीले २९ रन बनाए । बैंग्लोरलाई सस्तैमा रोक्ने क्रममा दिल्ली एनरिच नोर्कियाले ३ र कागिसो रबाडाले २ विकेट लिए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.