भारतीय टिमको घोषणा : धोनी र पाण्ड्यालाई आराम, फर्किए धवन

वेस्टइन्डिज भ्रमण्का लागि भारतीय टिमको घोषणा गरिएको छ । वेस्टइन्डिज भ्रमणमा विकेटकिपर ब्याट्सम्यान महेन्द्रसिंह धोनी र अलराउन्डर हार्दिक पाण्ड्यालाई समावेश गरिएको छैन भने ओपनिङ ब्याट्समयान शिखर धवनले टिममा पुनरागमन गरेका छन् ।

महेन्द्रसिंह धोनी र हार्दिक पाण्ड्यालाई आराम दिइएको छ । धोनी व्यत्तिलगत कारणले टिमबाट बाहिर रहेका हुन् । उनले विश्वकप अघि नै अर्धसैनिक युनिटमा सहभागी हुनका लागि २ महिना क्रिकेटका बाट टाढा रहने बिसिसीआईलाई जानकारी गरएका थिए ।

यसैगरी विश्वकप अन्तर्गत अस्ट्रेलियाविरुद्धको खेलका क्रममा औंलामा लागेको चोटका कारण विश्वकपका बाँकी खेल गुमाएका धवन पूर्ण फिट हुँदै भारतीय टिममा फर्किएका छन् । धवनले एकदिवसीय र टि–२० मात्र खेल्ने छन् ।

यस्तै, विश्वकपम खराब प्रदर्शन गरेका दिनेश कात्र्तिक भारतीय टिमबाट बाहिरएका छन् भने उत्कृष्ट फर्ममा रहेका फास्ट बलर जस्प्रित बुमराह टेस्ट टिममात्र परेका छन् । उनलाई आराम दिन एकदिवसीय र टि–२० टिममा नराखिएको हो ।

वेस्टइन्डिज भ्रमणमा भारतले ३–३ एकदिवसीय र टि–२० तथा २ टेस्ट म्याच खेल्ने छ । तीन वटै फम्र्याटमा भारतीय टिमको नेतृत्व विराट कोहलीले गर्ने छन् ।

भारतीय टिम :

टेस्ट : मायंक अग्रवाल, केएल राहुल, चेतेश्वर पुजारा, विराट कोहली, अजिन्का रहाने, हनुमान बिहारी, रोहित शर्मा, रिषव पन्त, ऋद्दिमन साह, रविचन्द्रन आश्विन, रविन्द्र जडेजा, मोहम्मद सामी, इशान्त शर्मा, जस्प्रित बुमराह, कुलदीप यादव, उमेश यादव ।

एकदिवसीय : शिखर धनव, रोहित शर्मा, विराट कोहली, श्रेयस ऐयर, मनिष पाण्डे, रिषव पन्त, केएल राहुल, रविन्द्र जडेजा, कुलदीप यादव, केदार जाधव, मोहम्मद सामी, भुवनेश्वर कुमार, युजभेन्द्र चहल, खलील अहमद, नभ्दीप सैनी ।

टि–२० : शिखर धनव, रोहित शर्मा, विराट कोहली, श्रेयस ऐयर, मनिष पाण्डे, रिषव पन्त, केएल राहुल, कुर्णाल पाण्ड्या, रविन्द्र जडेजा, राहुल चहर, वासिङटन सुन्दर, भुवनेश्वर कुमार, दीपक चहर, खलील अहमद, नभ्दीप सैनी ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP