टि–२० क्रिकेटमा नेपालका सबैभन्दा महत्वपूर्ण र उत्कृष्ट खेलाडी हुन्, अलराउन्डर दीपेन्द्रसिंह ऐरी। उनी बलिङ, ब्याटिङ र फिल्डिङ तीनै क्षेत्रमा उत्तिकै अब्बल छ।
आफूलाई उत्कृष्ट अलराउन्डरमा उभ्याएका उनी आईसिसीको टि–२० वरियतामा अलराउन्डरतर्फ दोस्रो स्थानमा छन्। टि–२० क्रिकटमा दीपेन्द्रका नामा थुप्रै रेडर्क छन्।
यही मेसोमा उनले बिहीबार आफ्नो नाममा अर्को कीर्तिमान पनि लेखाए। बिहीबार बिहान कुवेतविरुद्ध भएको खेलमा दीपेन्द्रले १२ बलमा ३१ रनको उत्कृष्ट इनिङ खेले।
योसँगै उनी टि–२० अन्तर्राष्टि क्रिकेटमा सर्वाधिक खेलमा डकआउट नहुने खेलाडी बने। अहिलेसम्म दीपेन्द्रले ७६ खे खेल्दा ६६ पारीमा ब्याटिङ गरेका छन्। यी दुवै पनि खेलमा उनी शुन्य रनमा आउट भएका छैनन्।
यसक्रममा उनले वेस्टइन्डिजका मार्लन सामुयल्सको कीर्तिमान तोडे। उनी लागतार ६५ इनिङमा डकआउट भएका थिएनन्।