दीपेन्द्र र सागरको उत्कृष्ट प्रदर्शनमा नेपाल १ सय ७६ रनले विजयी

एसिया कप छनोटको तयारीका लागि श्रीलंका भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिम दोस्रो अभ्यास खेलमा १ सय ७६ रनले विजयी भएको छ ।

मध्यक्रमका ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरीको सतक र सागर पुनको अलराउन्ड प्रदर्शनको मद्दतमा नेपालले ब्लुमफिल्ड क्रिकेट क्लबलाई डकवर्थ लुविस नियममा १ सय ७६ रनले पराजित गरेको हो ।

दीपेन्द्रले १ सय २१ रनको उत्कृष्ट ब्याटिङ गरेका थिए भने सागरले ९० रन बनाउनुका साथै ३ विकेट पनि लिएका थिए ।
नेपालले दिएको ३ सय २४ रनको विजयी लक्ष्य पछ्याएको ब्लुमफिल्ड क्लबले खराब प्रकाशका कारण खेल रोकिनुअघि ३८ ओभरमा ९ विकेट गुमाउँदै १ सय १४ रन मात्र बनायो र डकवर्थ लेविस नियमका आधारमा १ सय ७६ रनले पराजित भयो ।

घरेलु मैदानमा भएको खेलमा ब्लुमफिल्डका सनोज धर्सिकाले सर्वाधिक ३८ रन बनाए । उसका सचिन जयवद्र्धनेले ३०, सेशन फेर्नान्डो र कासुन एकानायकेले १६÷१६ तथा निपुन हाग्गाल्लाले १२ रन बनाउनु बाहेक अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकनेन् ।

ब्लुमफिल्डलाई सस्तैमा रोक्ने क्रममा सागर पुनले सर्वाधिक ३ विकेट लिए । ८ ओभर बलिङ गरेका सागरले १ मेडनसहित १६ रन खर्चिए । यस्तै, ललित भण्डारीले २ विकेट लिए भने कप्तान पारस खड्का, ललितनारायण राजवंशी र वसन्त रेग्मीले १÷१ विकेट लिएका थिए ।

टस जितेर पहिलो ब्याटिङक गरेको नेपालले दीपेन्द्रको १ सय २१ रन र सागर पुनको ९० रनको मद्दतमा निर्धारित ५० ओभारमा ३ सय २३ रन विशाल योगफल तयार गरेको थियो ।

८४ रनमा ४ विकेट गुमाएको नेपालका लागि दीपेन्द्र र सागरले पाचौं विकेटका लागि २ सय १२ रनको उत्कृष्ट साझेदारी गर्दै नेपाललाई बलियो स्थितिमा पु¥याएका थिए ।

४५.२ ओभरमा आउट हुनुअघि सागरले ८३ बलमा ९२ रन बनाए । उनले ८ चौका र ३ छक्का प्रहार गरे । खेलको सेकेन्ट लास्ट बलमा आउट भएका दीपेन्द्रले १ सय २१ रनको उत्कृष्ट इनिङ खेलेको थिए । उनले ९६ बल खेल्दै ९ चौका र ५ छक्का प्रहार गरेका थिए ।

नेपालका लागि करण केसीले १२ बलमा २६ बनाए । उनले ४ चौका र १ छक्का प्रहार गरेका थिए । यस्तै, कप्तान पारस खड्काले २३ बलमा २३, ओपनर अनिलकुमार शाह र १८ बलमा १७, रोहितकुमार पौडेलले ३९ बलमा ११ रन बनाए । अर्का ओपनर सुभास खकुरेलले ३३ बलमा ९ तथा पहिलो अभ्यास खेलमा उत्कृष्ट ब्याटिङ गरेका आरिफ सेख १ रनमा नटआउट
रहे ।

ब्लुमफिल्डका कासुन एकानायकेले ३ तथा लहिरु सनन्जय फेर्नान्डोले २ विकेट लिएका थिए । यस्तै, इमरान खान, रविन पिएरिस र सचिन जयबद्र्धनले १÷१ विकेट लिएका थिए ।

नेपालले अब तेस्रो तथा अन्तिम अभ्यास खेल भोलि कोल्ट्स क्रिकेट क्लससँग खेल्ने छ । त्यसपछि नेपाली टोली मलेसियामा १२ गते देखि सुरु हुने एसिया कप छनोट खेल्न सोमबार मलेसिया प्रथान गर्ने छ ।

सागरको उत्कृष्ट पुनरागमन
पछिल्लो समय पहिलो पटक राष्ट्रिय टिममा स्थान बनाएका सागरले राष्ट्रिय टिममा उत्कृष्ट पुनरागमन गरेका छन् । एसिया कप छनोटको तयारीका लागि श्रीलंकामा अभ्यास गरिरहेको नेपाली राष्ट्रिय क्रिकेट टिमबाट दोस्रो अभ्यास खेलमा सगारले अलराउन्ड प्रर्दशन गरे ।

ब्लुमफिल्डविरुद्धको खेलमा उनले मध्यक्रममा दीपेन्द्र ऐरीसँग २ सय १२ रनको साझोदारी गर्दै ९० रन बनाएका थिए । यस्तै बलिङमा पनि उनले नेपालको तर्फबाट सर्वाधिक विकेट लिए । ८ ओभर बलिङ गरेका सागरले १ मेडनसहित १६ रन खर्चिएर ३ विकेट लिएका थिए ।

सागर भर्खरै मलेसियामा सम्पन्न मलेसियन प्रिमियर लिगमा क्वालालम्पुरलाई प्रिमियर लिगको उपाधि दिलाउन २ सतकसहित प्रतियोगिताकै सर्वाधिक रन बनाएका सागर उत्कृष्ट ब्याट्सम्यान बनेका हुन् । उनले प्रतियोगितमा १० खेल खेल्दै सागरले ४ सय ५२ रन बनाए । सागरले सेलांगोरविरुद्ध नै दुई सतक प्रहार गरेका थिए । सोही प्रदर्शनको मद्दतमा सागरले राष्ट्रिय टिममा पुनरागमन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP