क्यानको खेलाडी छनोट समिति संयोजमा दीपेन्द्र चौधरी

Read Time:1 Minute

क्यानको खेलाडी छनोट समितिको संयोजकमा दिपेन्द्र चौधरी नियुक्त भएका छन् । बिहीबार भैरहवामा बसेको क्यानको बोर्ड बैठकले राष्ट्रिय टिमका पूर्व सदस्य दीपेन्द्र चौधरीलाई छनोट समितिको संयोजक नियुक्त गरेको हो।

उत्तम कर्माचार्यले छनोट समितिको संयोजकबाट राजीनामा दिएपछि उक्त पद खाली थियो। कर्मार्चायले रिक्त सचिवमा उम्मेदवारी दिन छनोट समितिबाट राजिनामा दिएका हुन्।

यस्तै बैठकबाट संघले आर्थिक समितिको संयोजकमा कोषाध्यक्ष रोशन कुमार सिंह, प्राविधिक समितिको संयोजकमा वीरेन्द्र बहादुर चन्द, प्रतियोगिता समितिको संयोजकमा माधव कर्माचार्य, क्रिकेट समितिको संयोजकमा कैलाश बिस्टलाई मनोनयन गर्ने निर्णय गरेको छ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post इरान बन्यो कतार विश्वकपमा छनोट हुने पहिलो एसियन टिम
Next post ललित राजवंशीको उपचारका लागि क्यानले डेढ लाख रुपैयाँ दिने
Close