दीपेन्द्रसिंह ऐरीले ओमान र अमेरिकासँगको त्रिकोणात्मक सिरिज गुमउने

Read Time:1 Minute

नेपाली राष्ट्रिय टिमका उपकप्तान तथा मिडलअर्डर ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरीले विश्वकप लिग–२ अन्गर्ततको त्रिकोणातम्क सिरिज गुमाउने भएका छन्। अभ्यासका क्रममा दायाँ खुट्टाको कुर्कुचामा गम्भीर चोट लागेपछि ऐरीले ओमान र अमेरिकासँग हुने त्रिकोणात्मक एकदिवसीय सिरिज गुमाउने भएका हुन्।

नेपाल क्रिकेट संघ (क्यान)ले आइतबार ऐरीले ओमान हुने ओमान र अमेरिकासँगको त्रिकोणात्मक सिरिज गुमाउने जनाएको छ। क्यानका अनुसार दीपेन्द्रले २ साता पूर्णरुपमा आराम गर्नुपर्ने बनाएको छ।

विश्वकप लिग–२ कै तयारी स्वरुप खेलिरहेको पपुवा न्युगिनीविरुद्धको एकदिवसीय सिरिज पनि दीपेन्द्रले सोही चोटका कारण गुमाएका थिए। पारसले सन्न्यास लिएपछि दीपेन्द्रलाई नेपाली टिमका मिडलअर्डरका धान्ने खेलाडीका रुपमा हेरिएको थियो। उनको अभाव नेपाली टिममा खड्किने छ।

विश्वकप छनोटका रुपमा रहेको विश्वकप लिग–२ अन्तर्गतको दोस्रो सिरिजमा नेपालले सोमबार अमेरिकासँग खेल्दैछ। खेल ओमानको अमिरात क्रिकेट मैदानमा नेपाली समय अनुसार साझ ४ः१५ मा सुरु हुने छ। खेल डे–नाइड हुनेछ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post बर्नाबेउ फर्कियो रियल
Next post बंगलादेशविरुद्धको दोस्रो मैत्रीपूर्ण खेलमा नेपाली टिममा तीन परिवर्तन
Close