आईसिसी प्लेयर अफ दी मन्थको नोमिनेशनमा दीपेन्द्र

Read Time:1 Minute

नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउन्डर दीपेन्द्रसिंह ऐरी आईसिसीको प्लेयर अफ दी मन्थको नोमिनेसनमा परेका छन्। फेब्रुअरीको उत्कृष्ट खेलाडीका लागि आईसिसीले निकालेको उत्कृष्ट तीनको मनोनयमा दीपेन्द्र पनि परेका हुन्।

प्लेयर अफ दी मन्थका लागि दीपेन्द्रले भारतका श्रेयस एय्यर र युएईका भृत्य अरविन्दसँग प्रतिस्पर्धा गर्ने छन्।

गत महिना युएईमा भएको टि–२० विश्वकप छनोटमा गरेको प्रदर्शनका आधारमा दीपेन्द्र नोमिनेसनमा परेका हुन्। विश्वकप छनोटमा नेपाल तेस्रो हुँदा दीपेन्द्रले १५९ रन र ६ विकेट लिएका थिए । छनोटअघि भउको चारदेशीय शृंखलामा १४२ रन बनाएका थिए भने ४ विकेट लिएका थिए ।

दीपेन्द्र आईसिसीको प्लेयर अफ दी मन्थको नोमिनेसनमा पर्ने दोस्रो नेपाली खेलाडी हुन् । यसअघि गत वर्ष कुशल भुर्तेल नोमिनेसनमा परेका थिए।

आईसीसीमातहतको एउटा स्वतन्त्र आईसीसी भोटिङ एकेडेमी र विश्वभरका समर्थकले सामाजिक सन्जालमार्फत गरेको मतलाई आधार मानिनेछ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post इन्टरसँग घरमै हार्‍यो लिभरपुल, तर पनि क्वार्टरफाइनलमा
Next post बन्द प्रशिक्षणका लागि अल्मुताइरीले घोषणा गरे टिम, परेनन लिगका सर्वोत्कृष्ट सुनिल बल
Close