दीपेन्द्रले दुबईमा टि–२० लिग खेल्ने, आजै युएई जाने

8 Feb, 2024

नेपाली क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले दुबईमा जराी इन्टरनेशल लिग टी–२० क्रिकेट प्रतियोगिता खेल्ने भएका छन्। युएई क्रिकेट बोर्डले आयोजना गरिरहेको लिगमा सन्दीपले गल्फ जायन्ट्सबाट खेल्ने भएका हुन्।

यूएई क्रिकेट बोर्डले दीपेन्द्र गल्फ जायन्ट्सबाट खेल्ने जनाएको छ। दीपेन्द्र आजै साँझ त्यसतर्फ जाने बताइएको छ।

प्रतियोगितामा गल्फ जायन्यट्स ८ खेलमा समान ४ मा जित र हारका साथ तेस्रो स्थानमा छ। गल्फ जायन्ट्समा कार्लोस ब्रेथवेट, आयन खान, शिम्रन हेटमायर, क्रिस लिन र जेम्श भिन्स जस्ता खेलाडी छन्।

दीपेन्द्र ६ महिनाअघि क्रिस लिनकै कप्तानीमा ग्लोबल टी–२० क्यानडा मोन्टरिएल टाइगर्सबाट खेल्दै च्याम्पियन बनेका थिए।

गल्फ जायन्ट्सले आज एमआई इमिरेट्ससँग खेल्ने । आजको खेल भने उनले गुमाउनेछन् ।

क्यानडासँगको तीन खेलको सिरिजमा नेपालले दीपेन्द्रलाई विश्राम दिएको छ। त्यसैको कारण उनी यूएई जानेछन् ।

गल्फ जायन्ट्सले लिगको अन्तिम खेल ११ फेब्रुअरीमा खेल्नेछ । पहिलो क्वालिफायर १३, इलिमिनेटर १४ र दोस्रो क्वालिफायर १५ फेबुअरीमा हुनेछ । फाइनल १७ फेब्रुअरीमा हुनेछ।