
दीपेन्द्र बने सर्वोत्कृष्ट खेलाडी
नेपाली राष्ट्रिय टिमका अलराउन्डर दीपेन्द्रसिंह ऐरी त्रिकोणात्मक टि–२०को सर्वोत्कृष्ट खेलाडी बनेका छन्। अपराजित रहँदै नेपाललाई उपाधि दिलाउन दीपेन्द्रले बल र ब्याट दुवैमा उत्कृष्ट प्रदर्शन गरेका थिए।
दीपेन्द्रले सिरिजका ५ खेलमा १ शतक र २ अर्धशतक मद्दतमा कुल २५५ रन बनाएका छ। जसमा १४९ बलमा १९ चौका ११ छक्का प्रहार गरेका थिए । यस्तै, बलिङमा उनले ७ विकेट लिए।
यसैगरी नेपलाकै करण केसी प्रतियोगिताका उत्कृष्ट बलर बने। उनले ५ खेलमा सर्वाधिक १३ विकेट लिएका थिए। यस्तै, प्रतियोगितामा २ अर्धशतकसहित कुल १९० रन बनाएका पपुवा न्युगिनीका टोनी उरा भए।