धनगढी प्रिमियर लिग माघ तेस्रो साताबाट

धनगढी प्रिमियर लिग (डिपिएल) को तेस्रो संस्करण आगामी माघ तेस्रो सातादेखि सुरु हुने भएको छ । आयोजक धनगढी क्रिकेट एकेडेमीले शुक्रबार पत्रकार सम्मेलन गर्दै तेस्रो संस्करणको डिपिएल आगामी माघ १९ देखि फागुन ४ गतेसम्म हुने घोषणा गरेको हो ।

प्रतियोगिताको तेस्रो संस्करण फाप्ला मैदानमा आयोजना गर्ने आयोजक धनगढी क्रिकेट एकेडेमी (डिसिए)ले जनाएको छ । डिसिएका अध्यक्ष सुवाष साहीले प्रतियोगिताका बेला राष्ट्रिय खेलकुद परेमा राष्ट्रिय खेलकुद परिषदसँग समन्वय गरेर अघि बढ्ने बताए ।

तेस्रो संस्करणको डिपिएलमा करिब ५ करोड हाराहारीमा खर्च हुने जनाएको छ । प्रतियोगितमा ६ फ्रेन्चाइज टिम सहभागी हुने छन् ।

आयोजक डीसिएका अध्यक्ष सुवाश शाहीले पुरानै फ्रेन्चाइज टिमलाई नै प्राथमिकता दिइने जानकारी दिए । यसअघि जस्तै डिपीएलमा हरेक टिमले दुई विदेशी र धनगढीमा हुने ट्यालेन्ट हन्टबाट आएका सुदूरपश्चिमका एक खेलाडी अनिवार्य सहभागी गराउनु पर्ने छ ।

डिपीएलको यस संस्करणदेखि धनगढीमा अन्तराष्ट्रिय क्रिकेट मैदान बनाउने उदेश्य राखिएको फाप्ला मैदानमा आयोजना गरिने छ । यसअघि प्रतियोगिता संघीय इकाई प्रहरी कार्यलयको खेलमैदानमा हुँदै आएको थियो ।

उक्त मैदान सानो भएको आरोप आयोजकले खेप्ने गरेको थियो । तर यो पटक उक्त मैदानलाई वैकल्पीक मैदानका रुपमा मात्र राखिने छ । तर यो पटक उसले प्रतियोगिता फाप्लामा गर्ने निर्णय गरेको हो ।

रुस्लानसँग तीन वर्ष सम्झौता
गत संस्करणको मुख्य प्रायोजक रहेको विजय डिस्टिलरीको रुस्लानले डीपीएलका लागि थप तीन वर्षे सम्झौता गरेको छ । गतवर्ष एकवर्षका लागिमात्र सम्झौता भएपनि यो वर्ष भने हरेक वर्ष सम्झौता रकममा वृद्धि गर्ने सम्झौता सहित तीन वर्षै सम्झौता गरिएको हो ।

यो संस्करणका लागि मुख्य प्रायोजक बनेको रुस्लानले १ करोड १० लाख बराबरको नगर जिन्सी आयोजकलाई उपलब्ध गराउने छ ।

सम्झौता पत्रमा डिस्टिलरीका मुख्य फाइनान्स अधिकृत सतीस कर्ण र डीसिएका अध्यक्ष शाहीले हस्ताक्षर गरेका थिए ।सम्झौता अनुसार मुख्य प्रायोजक वापत विजय डिस्टलरीले यस संस्करणका लागि नगद र जिन्सी गरि १ करोड १० लाख रुपैयाँ आयोजकलाई दिने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP