ब्राबो बने टि–२० क्रिकेटमा ५ सय विकेट लिने बलर

वेस्टइन्डिजका भेट्रान अलराउन्डर ड्वेन ब्राबोले टि–२० क्रिकेटमा नयाँ कीर्तिमान कायम गरेका छन् । क्यारेबियन प्रिमियर लिग (सिपिएल)अन्तर्गत सेन्ट लुसिया जुक्सविरुद्ध बुधबार भएको खेलमा विकेट लिँदै उनी टि–२० क्रिकेटमा ५ सय विकेट लिने पहिलो बलर बने ।

बुधबार राति भएको ट्रिनबागो नाइट राइडर्स र लुसिया जुक्सविरुद्धको खेलमा रहकिम कोर्नवाललाई कोलिन मुन्रोबाट क्याच आउट गराउँदै ५ सय विकेट पुरा गरेका हुन् । कोर्नवालको विकेट लिएपछि ब्राबोले दुवै हातमाथि उठाउँदै सेलिब्रेसन गरेका थिए ।

ब्राबोले यो उत्कृष्ट यात्रा भएको बताएका छन् । ‘यो एउटा अनुपम उपलब्धि हो, टिमका सहकर्मीहरुलाई धन्यवादन दिन चाहन्छु । साथै मैले जुन जुन टिमबाट खेलेँ सबै टिमलाई पनि सम्झन चाहन्छु,’ उनले भनेका छन्, ‘मैले जहाँबाट क्रिकेट सुरु गरेँ, त्यही मैदानमा यो उपलब्धि पाउँदा एकदमै खुसी छ ।’

टि–२० क्रिकेट ब्याट्सम्यानको खेल भएको भन्दै ब्राबोले बलरले यो उपलब्धि हाँसिल गर्न निकै कठीन हुने बताए । उनले क्रिकेट प्रतिको प्यासनकै कारण यो उपलब्धि सम्भव भएको बताएका छन् । बाब्रोले आफूलाई रन बनाउन पर्ने बताउँदै बलिङबाट प्राप्त उपलब्धिबाट अनुपम भएको बताए ।

ब्राबोको यो रेडर्क लामो समयसम्म कसैले तोड्न सक्ने छैनन् । अरुले अहिलेसम्म ४ सय विकेट पनि लिएका छैनन् । दोस्रो स्थानमा रहेका लासिथ मालिंगाले ३९० विकेट लिएका छन् ।

ब्राबोले यो उपलब्धि हाँसिल गर्न ४५९ म्याच खेलेका छन् । उनले २४को औसतमा विकेट लिएका छन् । ७१ अन्तर्राष्ट्रिय खेलमा ५९ विकेट लिएका ब्राबोले २ पटक ५ विकेट लिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP