चेन्नई प्लेअफमा, हैदरावाद बाहरियो

सनराइजर्स हैदरावादलाई हराउँदै चेन्नई सुपर किंग्स १४औं संस्करणको आईपिएलको प्लेअफमा पुग्ने पहिलो टिम बनेको छ । यता, पराजित हैदरावाद भने प्रतियोगिताबाट बाहिरिने पहिलो टिम बनेको छ। बिहीबार सारजाहामा भएको खेलमा चेन्नई सुपर किंग्ससँग ६ विकेटले पराजित भयो ।

जितपछि शीर्ष स्थानको चेन्नई भने १८ भएको छ। बाँकी तीन खेलमा पराजित भएपनि चेन्नई शीर्ष चारभित्रै रहने छ । यता, ११ खेल खेल्दा २ खेल मात्र जितेको हैदरावाद ४ अंक जोड्दै तालिकाको पुछारमा छ । बाँकी तीन खेल नै जित पनि ऊ शीर्ष चारमा उक्लन सक्ने छैन।

पहिला ब्याटिङ गर्दै हैदरवादले दिएको १३५ रनको सामान्य लक्ष्य चेन्नईले १९.४ ओभरमा ४ विकेट गुमाउँदै भेट्टायो । उसका लािग ओपनर रुतुराज गायकवाडले सर्वाधिक ४५ रन बनाउँदा अर्का ओपनर फाफ डु प्लेसिसले ४१ रन बनाए।

यस्तै, अम्बाति रायाडु र मोइन अलीले समान १७ रन बनाउँदा कप्तान महेन्द्रसिंह धोनीले १४ रन बनाए। हैदरावादका जासन होल्डरले ३ विकेट लिँदा रसिद खानले २ विकेट लिए ।

यसअघि हैदरवादले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै १३४ रन मात्र बनाउन सक्यो। उसका लागि ऋद्धिमन साहले सर्वाधिक ४४ रन बनाउँदा अविशेषक शर्मा र अब्दुल सांसदले समान १८ रन बनाए।

हैदरवादलाई सस्तैमा रोक्ने क्रममा जोस हेजलउडले ४ ओभरमा २४ रन खर्चेर ३ विकेट लिए भने ड्वायन ब्राभोले २ विकेट लिए । ४ ओभरमा उनले १७ रन मात्र खर्चिए ।

Facebook Comments Box