ब्राभोले लिए सन्न्यास

वेस्टइन्डिजका अलराउन्डर ड्वायन ब्राभोले अन्तराष्ट्रिय क्रिकेटका सबै फम्र्याटबाट सन्न्यासको घोषणा गरेका छन् । उनले बिहीबार एक विज्ञप्ति जारी गर्दै आफ्नो १४ वर्षे लामो अन्तर्राष्ट्रिय क्रिकेट करिअर अन्त्यको घोषणा गरेका हुन् ।

सन् २००४ मा लर्डस्मा इंग्ल्यान्डविरुद्ध टेस्ट खेल्दै अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका बाभ्रोले २ सय ७० खेलमा वेष्टइन्डिजको प्रतिनिधित्व गरेका छन् । सन् २०१६ यता राष्ट्रिय टोलीमा पर्न असफल भएपछि उनले अन्तर्राष्ट्रिय क्रिकेट नखेल्ने घोषणा गरेका हुन् ।

बाभ्रोले विज्ञप्ति जारी गर्र्दै भनेका छन्, ‘मैले वेस्टइन्डिजको राष्ट्रिय १४ वर्ष बिताएँ, यसबीचमा वेस्टइन्डिजका लागि खेलेका प्रत्येक मेरा लागि अविष्मरणीय छन् । लर्डस मैदानमा मारुन क्याप लगाउँदाको क्षण जीवनमा कहिल्यै बिर्सन सक्दिनँ ।’

उनले राष्ट्रिय टोलीमा युवापुस्तालाई ठाउँ दिन आफूले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यस लिएइको पनि उनले बताएका छन् । विफोष्टक अलराउन्डर बाभ्रो फ्रेन्चाइज लिगमा भने देखिने छन् ।
लर्डसमा इंग्ल्यान्डविरुद्ध खेल्दै टेस्ट क्रिकेटमा डेब्यू गरेका बाभ्रोले ४० टेस्ट खेलेको छन् । ४० टेस्टमा उनले ३१.४२ को औसतमा २ हजार २ सय रन बनाएका छन् । टेस्ट क्रिकेटमा उनले ३ शतक र १३ अर्धशतक बनाएका छन् । बाभ्रोले अन्तिम टेस्ट स्न २०१० मा श्रीलंकाविरुद्ध खेलेको थिए । उनले टेस्ट क्रिकेटमा ८६ विकेट लिएका छन् ।

ब्राभोले सन् २००४ मै जर्जटाउन क्रिकेट मैदानमा इंग्ल्यान्डविरुद्ध एकदिवसयमा डेब्यू गरेका थिए । त्यसयता उनले १ सय ६४ एकदिवसीय खेल खेलेका छन् । उनले एकदिवसीय क्रिकेटमा २५.३६को औसतमा २ हजार ९ सय ६८ रन बनाएका छन् । उनले एकदिवसीयमा २ शतक र १० अर्धशतक प्रहार गरेका छन् भने १ सय ९९ विकेट पनि आफ्नो नाममा लेखाएका छन् । ब्राभोले अन्तिम एकदिवसीय खेल भारतविरुद्ध सन् २०१५ मा खेलेका थिए ।

यसैगरी ब्राभोले ६६ टि–२० खेलमा २४.२९ को औसतमा १ हजार १ सय ४२ रन बनाएका छन् । सन् २००६ मा वेस्टइन्डिजका लागि पहिलो टि–२० खेल खेलेका ब्राभोले ४ अर्धशतक बनाएका छन् । उनी अन्तिम पटक सन् २०१६ मा टि–२० मा वेस्टइन्डिजको जर्सीमा देखिएका थिए ।

ब्राभोले अन्तर्राष्ट्रिय क्रिकेटको २ सय ७० खेलको २ सय ७१ इनिङमा खेल्दै २ सय २८ छक्का र ५ सय ५८ चौका प्रहार गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP