बाभ्रोले आईपिएलका सबै खेल गुमाउने

वेस्टइन्डिजका अलराउन्डर ड्वायन ब्राभोले आईपिएलका बाँकी सबै खेल गुमाउने भएका छन् । चोटका कारण बाभ्रोले चेन्नई सुपर किंग्सका लागि बाँकी खेले गुमाउने भएका छन् ।

चेन्नईका सिईओ कासी विश्वनाथले पत्रकारहरुसँग कुरा गर्दै ब्राभोले आईपिएलका बाँकी खेले गुमाउने पक्का भएको जानकारी दिए । दिल्ली क्यापिटल्सविरुद्धको खेलमा फिल्डिङका क्रममा घाइते भएका बाभ्रो घर फर्कने तयारीमा रहेको उनले जनाएका छन् ।

दिल्लीविरुद्धको सो खेलमा ब्राभोले अन्तिम ओभर बलिङ गर्न नसक्दा चेन्नई जित नजिक पुगेर पछि पराजित भएको थियो । दिल्लीलाई जितका लागि १७ रन चाहिएको अवस्थामा रविन्द्र जडेजाको अन्तिम ओभरमा अक्षर पटेलले ३ छक्का प्रहार गर्दै दिल्लीलाई जित दिलाएका थिए ।

महत्वपूर्ण खेलाडी ब्राभो खेल्न नसक्ने भएपछि चेन्नईलाई ठूलो झट्का लागेको छ । १० खेलमा ३ खेल मात्र जितेको चेन्नईको प्लेअफ पुग्ने सम्भावना झिनो छ, तर ब्राभो टिमबाट बाहिरिएपछि उसलाई झन समस्या थपिएको छ ।

ब्राभो टिमबाट बाहिरिएसँगै इमरान ताहिरले चेन्नइबाट मैदान उत्रन सक्नेछन् । यस सिजन ताहिरले एक खेल पनि खेल्न पाएका छैनन् । पछिल्लो समय सामाजिक सञ्जालमा ताहिरलाई खेलाउनुपर्ने माग जोडले उठ्ने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP