ब्राभो दुई साता मैदानमा बाहिर रहने

चेन्नाई सुपर किंग्सका अलराउन्डर ड्वायन ब्राभो करिब दुई साता मैदान बाहिर रहने भएका छन्। शनिबार राति दिल्ली क्यापिटल्सविरुद्ध फिल्डिङका गर्ने क्रममा ब्राभो घाइते भएपछि उनी दुई साता समैदान बाहिर रहने भएका हुन् ।

चेन्नाईका मुख्य प्रशिक्षक स्टेफन फ्लेमिङले घाइते भएका ब्राभो केही दिन मैदान बाहिर रहने जानकारी दिएका हुन्। घाइते भएपछि उनले दिल्लीविरुद्ध अन्तिम ओभर बलिङ गर्न सकेनन्। डेथ ओभरका उत्कृष्ट बलिङ गर्ने बाभ्रो घाइते हुँदा चेन्नईलाई ठूलो घाटा भएको छ । दिल्लीविरुद्ध नै अन्तिम ओभरमा रविन्द्र जडेजाले २२ रन खर्चिएपछि चेन्नई पराजित भएको थियो ।

पछिल्लो समयमा ब्राभोलाई चोटले सताउने गरेको छ। ३७ वर्षीय ब्राभो गत महिना मात्रै क्यारेबियन प्रिमियर लिग (सिपिएल) मा उनी घाइते भएका थिए। चोटग्रस्त भएकै कारण जारी आइपिएलमा ब्राभोले चेन्नाईका सुरुवाती तीन खेल गुमाएका थिए।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.