इंग्ल्यान्डसँग भारतको लज्जास्पत हार

घरेलु टोली भारतले चेन्नईमा भएको इंग्ल्यान्डविरुद्धको पहिलो टेस्टमा लज्जास्पद हार बेहोरोको छ । इंग्ल्यान्डविरद्ध ४२० रनको विशाल लक्ष्य पछ्याएको भारत १९२ रनमा अलआउट भएपछि उ २२७ रनको लज्जास्पद हार बेहोर्न बाध्य भयो ।

४२० रनको विशाल लक्ष्य पछ्याएको भारतले १९२ रन मात्र बनाउन सक्यो । उसका लागि कप्तान विराट कोहलीले ७२ र सुभमन गिलले ५० रन बनाउनुबाहेक अन्यले गतिलो योगदान दिन सकेनन् । ३९–१ को अवस्थाबाट पाँचौँ दिनको सुरुवात गरेको भारतले ५८.१ ओभरमा १५३ रन बनाउन बाँकी ९ विकेट गुमाएको थियो । भारतलाई सस्तैमा समेट्ने क्रममा इंग्ल्यान्डमा ज्याक लिचले ४ विकेट लिए भने जेम्स एन्डरसनले ३ विकेट लिए ।

यसअघि कप्तान जो रुटले दोहोरो शतक बनाएपछि इंग्ल्यान्डले पहिलो इनिङमा ५७८ रन बनाएको थियो । रुटले ३७७ बलमा १९ चौका र २ छक्का प्रहार गर्दै २१८ रन बनाएका थिए । यस्तै, डम सिब्ले ८७ र बेन स्टोक्सले ८२को योगदान दिएका थिए । भारतका रविचन्द्रन आविश्वन र जस्प्रित बुमराहले समान ३ विकेट लिए ।

भारतले भने पहलिो इनिङमा ३३७ रन मात्र बनाउन सक्यो । उसका लािग ऋषव पन्तले ९१, वासिङ्टन सुन्दरले ८५ र चेतेश्वर पुजाराले ७५ रन कजर्न र इंग्ल्यान्डका डम बेसले ४ विकेट लिए भने ज्याक लिच, जेम्स एन्डरसन र जोफ्रा आचर्यले समान २ विकेट लिए ।

दोस्रो इनिङ इंग्ल्यान्ड १७८ रनमै अलआउट भयो । उसका जो रुटले ४० रन बनाउँदा ओली पोपले २८ रन बनाए । भारतका रविचन्द्रन आविश्वनले ६ तथा सहवाज नदिमले २ विकेट लिए । इंग्ल्यान्डका कप्तान जो रुट प्लेयर अफ दी म्याच घोषित भए ।

यो जितसँगै जो रुट टेस्ट क्रिकेटमा सर्वाधिक जित निकाल्ने इंग्लिस कप्तानको रेडर्क बराबरी गरेका छन् । ४७ टेस्टमा इंग्लिस टिमको कप्तानी गरेका रुटले २६ टेस्ट जितेका छन् । माइकल वानलेले पनि आफ्नो कप्तानीमा इंग्ल्यान्डलाई २६ टेस्ट जिताएका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.