एन्डरसन र ब्रोडले भारतविरुद्धको दोस्रो टेस्ट गुमाउने, सकिब महमूदलाई टिममा बोलाइयो

Read Time:1 मिनेट

दुई भेट्रान इंग्लिस फास्ट बलर जेम्स एन्डरसन र स्टुआर्ट ब्रोडले भारतविरुद्धको दोस्रो टेस्टा गुमाउने भएका छन्। ट्रेनिङका क्रममा चोट बेकेपछि एन्डरसन र ब्रोेड दुवैले लड्समा हुने दोस्रो टेस्ट गुमाउने भएका भएका हुन्।

तर, इंग्ल्यान्ड तथा वेल्स क्रिकेट बोर्डले दुवै दोस्रो गुमाउने आधिकारी घोषणा भने गरेको छैन। चोटका कारण दुवैले बुधबार अभ्यास गरेनन्। सन् २००७ पछि एन्डरसन र ब्रोड बिना इंग्लिस टिमले टेस्ट खेल्ने लागेको यो केवल दोस्रो पटक मात्र हो।

एन्डरसनले इंग्लयन्डका लागि १६३ टेस्ट खेल्दै ६२१ विकेट लिएका छन् भने ब्रोडले टेस्टमा ५२४ विकेट लिएका छन्।

इंग्ल्यान्ड तथा वेल्स क्रिकेट बोर्डले एन्डरसन र ब्रोडले दोस्रो टेस्ट गुमाउने भएपछि युवा बलर सकिब महमुदलाई टिममा बेलाएको छ। मंगलबार मात्र बोर्डले अलराउन्डर मोइन अलीलाई पनि टिममा बोलाएको थियो।

२४ वर्षीय महमूदले सन् २०१९ मा इंग्लिस टिममा डेब्यू गरेका थिए । उनले पहिलो पटक नोभेम्बर ३ मा न्यूजिल्यान्डविरुद्ध टि–२० मार्फत डेब्यू गरेका थिए । उनले सन् २०२० फेब्रुअरी ९ दक्षिण अफ्रिकाविरुद्ध खेल्दै एकदिवसीय टिममा डेब्यू गरेका थिए । महमूद पहिलो पटक टेस्ट टिममा परेका हुन्।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post इनेस्टा भन्छन्– मेसीलाई अरु क्लबको जर्सीमा देख्दा निकै पीडा हुन्छ
Next post युइएफए सुपरकपको उपाधिका लागि चेल्सी र भिल्लारियल भिड्दै
Close