इंग्ल्यान्ड–न्युजिल्यान्डबीचको पहिलो टेस्ट बराबरी

इंग्ल्यान्ड र न्युजिल्यान्डबीचको पहिलो टेस्ट बरारीमा टुंग्याएको छ। अन्तिम दिनको अन्तिम दुई सत्रमा २७३ रनको लक्ष्य पाएको इंग्ल्यान्डले ७० ओभरमा ३ विकेट गुमाई १७० रन बनाएपछि टेस्ट बराबरीमा टुंगिएको हो।

इंग्ल्यान्डका ओपनर डम सिब्ली ६० र ओली पप २० रनमा अविजित रहे । सिब्लीले २ सय बल खेल्दै ३ चौका प्रहार गरे भने पपले ४१ बलमा ३ चौका प्रहार गरे । कप्तान जो रुट ४० रन बनाउँदा ओपनर रोरी बर्नस २५ रनको योगदान दिए । न्युजिल्यान्डका निल वाग्नरले २ र टिम साउथीले १ विकेट लिए।

यसअघि न्युजिल्यान्डले टेस्टमा रोमाञ्चकता थप्न १६९–६ मा दोस्रो इनिङ समाप्तीको घोषणा गर्दै घरेलु टोली इंग्ल्यान्डलाई २७३ रनको लक्ष्य दिएको थियो । न्युजिल्यान्डका डेभोन कोन्बेले २३, टम लाथमले ३६, रोस टेलर ३३ र हेनरी निकोलास २३ रन बनाए।

पहिलो टेस्ट खेलिरहेका ओले रोबिन्सनले १४ ओभरमा ५ मेडन राख्दै २६ रन खर्चेर ३ विकेट लिए । त्यस्तै स्टुवार्ट ब्रोड, मार्क उड र रुटले १–१ विकेट लिए।

कोन्बेको २ सय रन मद्दतमा न्युजिल्यान्डले पहिलो इनिङमा ३७८ रन बनाएको थियो । इंग्ल्यान्डबाट रोबिन्सनले ४ विकेट लिएका थिए । इंग्ल्यान्डबाट पनि ओपनर रोरी बन्र्सले १ सय ३२ रन बनाका थिए । उनको प्रयासमा इंग्ल्यान्डले २७५ रन बनाएका थिए । न्युजिल्यान्डका टिम साउथीले २५.१ ओभरमा ४३ रन खर्चेर ६ विकेट लिएका थिए।

इंग्ल्यान्डसँगको दोस्रो टेस्टपछि न्युजिल्यान्डले भारतविरुद्ध इंग्ल्यान्डमै विश्व टेस्ट च्याम्पियनसिपको फाइनल खेल्दै छ।

Facebook Comments Box