पोखरा राइनोजमा इंल्यान्डका पाउल कलिन
दोस्रो एभरेष्ट प्रिमियर लिगका लागि पोखरा राइनोजले दोस्रो विदेशी खेलाडीको रुपमा इंल्यान्डका पाउल कलिनलाई क्लबमा अनुबन्धित गरेको छ ।
पोखरा राइनोजले २६ वर्षीय कलिनलाई क्लबमा ल्याएसँगै क्लबमा दुई विदेशी खेलाडी भएका छन् । यस अघि पोखरा राइनोजले स्कटल्यान्डका कप्तान कायल कोएट्जरलाई अनुबन्धित गरेको थियो ।
दाहिने हाते व्याट्सम्यान एवं मध्यम गतिका बलर कलिनले इंग्ल्यान्डबाट ३२ प्रथम श्रेणी खेल खेलिसकेका छन् भने २६ लिस्ट ए खेलमा सहभागीता जनायसकेका छन् । खेलिसकेका कलिनले उनले ३३ टि–२० खेल पनि खेलेका छन् ।
तीनवटै फम्र्याटमा कुल ९१ खेल खेल्दै १ हजार ७ सय ६७ रन बनाएका छन् भने १ सय २७ विकेट लिएका छन् ।
डरहमबाट काउन्टी क्रिकेट खेलिसकेका कलिनले पोखराबाट ईपीएलमा शक्ति गौचन, विनोद भण्डारी, राजेश पुलामी, सुनील धमला र सौरभ खनाल लगायतका खेलाडीसँगै खेल्ने छन् ।
पोखरा राइनोजले कलिनलाई स्वागत गर्दै उनको आवागमनले टोलीमा ठूलो सहयोग पुग्ने विश्वास लिएको छ । पोखरा राइनोजले एक वित्रप्ति जारी गर्दै प्रतिभाशाली युवा अलराउन्डर कलिनलाई आफ्नो टिममा ल्याउन पाउँदा निकै उत्साही भएको बताएको छ ।
यसैगरी कलिनले कलिनले नेपाल आएर क्रिकेट खेलन र आफ्नो टोलीका साथीहरुले भेट्न आतुर रहेको बताएका छन् ।