पाकिस्तानमाथि इंग्ल्यान्डको सानदार जित

पाकिस्तानविरुद्धको एकदिवसीय सिरिजको पहिलो खेलमा इंग्ल्यान्डले सानदार जित निकालेको छ। इंग्ल्यान्ड भ्रमणमा रहेको पाकिस्तानविरुद्ध बिहीबार कार्डिफमा भएको पहिलो एकदिवसीयमा इंग्ल्यान्डले पाकिस्तानमाथि ९ विकेटको जित निकाल्यो।

पहिला ब्याटिङ गर्दै पाकिस्तानले दिएको १४२ रनको सामान्य लक्ष्य इंग्ल्यान्डले २१.५ ओभरमा १ विकेट गुमाएर भेट्टायो । उसका लागि डेविड मालनले नटआउट ६८ रन बनाए भने जाक क्राउलीले ५८ रनको योगदान दिए । पाकिस्तानका शहीनसाह अफ्रिदीले १ विकेट लिए ।

यसअघि पहिला गरेको पाकिस्तानले ३५.२ ओभरमा अलआउट हुँदै १ सय ४१ रन मात्र बनाउन सक्यो । उसका लागि फखर जमानले सर्वाधिक ४७ रन बनाए भने शादव खानले ३० तथा सोहिब मक्सुदले १९ रन बनाए ।

पाकिस्तानका ६ ब्याट्सम्यानले दोहोरो अंकमा स्कोर बनाउन सकेनन्। पाकिस्तानलाई सस्तैमा समेट्न इंग्ल्यान्डका शकिब महमुदले ४ विकेट लिए भने क्रेग ओभर्टन र माट पर्किनसनले २(२ विकेट लिए ।

यस जितसँगै इंग्ल्यान्डले तीन खेलको सिरिजमा १(० को अग्रता बनाएको छ । दुई टोलीबीचको दोस्रो खेल शनिबार हुनेछ ।

Facebook Comments Box