टेस्ट क्रिकेटमा इंग्ल्यान्डले बनायो ५ लाख रन

क्रिकेटकै सबैभन्दा पुरानो फम्र्याट टेस्ट क्रिकेटमा इंग्ल्यान्डले ५ लाख रन पुरा गरेको छ । दक्षिण अफ्रिका भ्रमणका रहेको रहेको इंग्ल्यान्डले चौथो टेस्टको पहिलो इनिङमा कप्तान जो रुटले बेउरन हेन्ड्रिक्समा बलमा कभरमा एक रन बनाएसँगै इंग्ल्यान्डले टेस्ट क्रिकेटमा ५ लाख रन पुरा गरेको हो ।

टेस्ट क्रिकेटमा ५ लाख रन बनाउने इंग्ल्यान्ड पहिलो टिम हो छ । यस क्रममा उसले १०२२ टेस्ट खेलेको छ । यो सूचीमा अस्ट्रेलिया दोस्रो स्थानमा छ । उसले ८३० टेस्टमा चार लाख ३२ हजार सात सय छ रन बनाएको छ ।

यस्तै, ५४० टेस्टमा दुई लाख ७३ हजार पाँचसय १८ बनाएको भारत तेस्रो स्थानमा छ भने २ लाख ७० हजार चार सय ४१ रनका साथ वेस्टइन्डिज चौथो स्थानमा छ । वेस्टइन्डिजले ५४५ टेस्ट खेलेको छ ।

यसैगरी इंग्ल्यान्ड घरबाहिर पाँच सय टेस्ट खेल्ने पहिलो टिम पनि बनेको छ । उसले घरबाहिर पाँच सयौं टेस्ट जनवरी १६ मा पोर्ट एलिजावेथमा दक्षिण अफ्रिकाविरुद्ध खेलेको थियो । ४०४ टेस्ट खेलेको अस्ट्रेलिया दोस्रो स्थानमा छ भने २६८ टेस्ट घरबाहिर खेलेको भारत तेस्रो स्थानमा छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.