दोस्रो ओडिआईमा इंग्ल्यान्ड विजयी

तीन खेलको एकदिवसीय सिरिजको दोस्रो खेलमा घरेलु टिम इंग्ल्यान्ड विजयी भएको छ । आइतबार राति म्यान्चेस्टरमा भएको रोमाञ्चक खेलमा इंग्ल्यान्डले अस्ट्रेलियालाई २४ रनले हरायो ।

रोमाञ्चक बनेको सिरिजको दोस्रो खेलमा २४ रनको जित निकालेसँगै इंग्ल्यान्डले सिरिज १–१को बराबरीम ल्याएको छ । पहिलो खेल अस्ट्रेलियाले १९ रनले जितेको थियो ।

पहिला ब्याटिङ गर्दै इंग्ल्यान्डले दिएको २३२ रनको मध्यम लक्ष्य पछ्याएको अष्ट्रेलिया ४८.४ ओभरमा २०७ रनमै अलआउट भयो । उसका लागि कप्तान आरोन फिन्चले अर्धशतकीय इनिङ खेले पनि टिमलाई जित दिलाउन सकेनन् ।

फिन्चले १०५ बल खेल्दै ८चौका र १ छक्काको सहयोगमा सर्वाधिक ७३ रन बनाए भने मार्नुस लाबुसेचनले ४८, एलेक्स क्यारीले ३६ रन बनाए । अष्ट्रेलियालाई अलआउट गर्ने क्रममा क्रिस वोक्स, जोफ्रा आर्चर र साम कुरानले ३–३ विकेट लिए ।

ओल्ड ट्राफोर्डमा टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २३१ रन बनाएको थियो । उसका कप्तान इओन मवर्गनले सर्वाधिक ४२ र जो रुटले ३६ रन बनाए ।

१४९ रन बनाउँदा ८ विकेट गुमाएको इंग्ल्यान्डका लागि अदिल रसिद र टम कुरानले नवौं विकेटका लागि अर्धशतकीय साझेदारी गर्दै सम्मान जनक स्कोर बनाए । टमले ३७ र रसिदले ३५ रन बनाए । सोही साझोदारीले इंग्ल्यानडको जित सम्भव भयो । अष्ट्रेलियाका एडम जाम्पाले ३ तथा मिचेल स्टार्कले २ विकेट लिए ।

अन्तिम तथा निर्णायक एकदिवसीय खेल बुधबार म्यान्चेस्टरमै हुनेछ । यअसघि टि–२० सिरिज इंग्ल्यान्डले २–१ले जितेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *