सुपर लिगको पहिलो खेलमा इंग्ल्यान्ड विजयी

विश्वकप सुपर लिगको पहिलो खेलमा विश्व च्याम्यियन इंग्ल्यान्ड विजयी भएको छ । सन् २०२३ मा भारतमा हुने एकदिवसीय विश्वकपको छनोटको रुपमा रहेको आइसीसी विश्वकप सुपर लिग अन्तर्गतको सिरिजको पहिलो खेलमा इंग्ल्यान्डले आयरल्यान्डलाई ६ विकेटले जितेको छ ।

बिहीबार साउथह्याम्पटनमा भएको खेलमा पहिला ब्याटिङ गर्दै आयरल्यान्डले दिएको १७३ रनको सामान्य लक्ष्य इंग्ल्यान्डले २७.५ ओभरमा ४ विकेट क्षतिमा भेट्टायो । इंग्ल्यान्डको जितमा साम बिलिङ्सले अविजित ६७ रन बनाए भने कप्तान इओन मोर्गनले पनि नटआउट ३६ रन बनाए । विलिङ्सले ५४ बल खेल्दै ११ चौका प्रहार गरे भने ४० बल खेल्दै ४ चौका र २ छक्का प्रहार गरे । आयरल्याण्डका लागि क्रेग योङले २ विकेट लिए ।

SOUTHAMPTON, ENGLAND – JULY 29: The Ireland squad pose for a socially distanced team picture ahead of the Royal London ODI series against England at Ageas Bowl on July 29, 2020 in Southampton, England. (Photo by Stu Forster/Getty Images for ECB)

त्यसअघि रोस बउल स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको आयरल्यान्ड इंग्लिस बलरको कसिलो बलिङ सामु टिक्न नसक्दा ४४.४ ओभर खेल्दै १७२ रनमा अलआउट भयो ।

डेब्युटान्ट कर्टिस काम्परले अविजित रहँदै अर्धशतक प्रहार गरेपनि अरु खेलाडीले राम्रो खेल्न सकेनन् । काम्परले ११८ बल खेल्दै ४ चौका प्रहार गर्दै ५७ रन जोडे । नवौं नम्बरमा ब्याटिङ गरेका एन्डी म्याब्रिनेले ४० रन योगदान गरे । उनले ४८ बल खेल्दै ३ चौका र १ छक्का प्रहार गरे । काम्पर र म्याकब्रिनेले आठौं विकेटका लागि ६६ रनको साझेदारी गरेका थिए ।

आयरल्यान्डलाई अलआउट गर्न इंग्ल्यान्डका लागि डेविड विलीले ५ विकेट लिए । उनले ८.४ ओभर बलिङ गर्दा २ ओभर मेडन राख्दै ३० रन खचिए । साकिव महमुदले २ विकेट लिए । दोस्रो ओडिआई शनिवार हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *