दोसो खेलमा ४ विकेटको जित निकाल्दै इंग्ल्यान्डले जित्यो सिरिज

आईसिसी विश्वकप सपुर लिग अन्तर्गतको पहिलो एकदिवससीय सिरिज इंग्ल्यान्डले जितेको छ । साउथह्याम्पटनमा भएको दोस्रो खेलमा आयरल्यान्डलाई ४ विकेटले पराजित गर्दै इंग्ल्यान्डले एकदिवसीय सिरिज एक खेल बाँकी छँदै जितेको हो ।

दी रोस बल स्टेडियममा भएको खेलमा पहिला ब्याटिङ गर्दै आयरल्यान्डले दिएको २१३ रनको सामान्य लक्ष्य इंग्ल्यान्डले ३२.३ ओभरमा ६ विकेट गुमाएर भेट्टायो । ओपनर जोनी बेइस्ट्रोले उत्कृष्ट ब्याटिङ गर्दै ८२ रन बनाए । उनले ४१ बल खेल्दै १४ चौका र २ छक्का प्रहार गरे ।

यस्तै साम बिलिङ्सले नटआउट ४६ रन योगदान गरे । उनले ६१ बल खेल्दै ६ चौका प्रहार गरे । जेम्स भिन्सले १६ र टम बान्टनले १५ रन जोडे । आयरल्याण्डका जोस लिटले ३ र कर्टिस गाम्परले २ विकेट लिए ।

यसअघि पहिला ब्याटिङ गरेको आयरल्यान्डले ५० ओभरमा ९ विकेट गुमाएर २१२ रन बनायो । उसका लागि यसै सिरिजमार्फत डेब्यु गरेका कर्टिस काम्परले सर्वाधिक ६८ रन बनाए । उनले ८७ बल खेल्दै ८ चौका प्रहार गरे । यस्तै हेरी हेक्टरले २८, सिमी सिंहले २५ र एन्डी म्याब्रिनेले २४ रन जोडे । इंग्ल्यान्डका लागि अदिल रसिदले ३ तथा डेविड विली र साकिव महमुदले २–२ विकेट लिए ।

अन्तिम एकदिवसीय खेल ४ अगस्तमा हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *