अन्तर्राष्ट्रिय क्रिकेटक्रिकेट

बेन स्टोक्सको कीर्तिमानी इनिङमा इंग्ल्यान्डको जित

बेन स्टोक्सले कीर्तिमानी इनिङ खेलेपछि तेस्रो एकदिवसीय खेलमा इंग्ल्यान्ड विजयी भएको छ। स्टोक्सले १८२ रनको कीर्तिमानी पारी खेलेपछि इंग्ल्यान्डले न्युजिल्यान्डलाई १८१ रनको फराकिलो अन्तरले हरायो।

स्टोक्सले इंग्ल्यान्डका लागि ओडीआईमा एकै खेलमा सर्वाधिक रन बनाउने नयाँ कीर्तिमान बनाए। उनले ज्यासन रोएको नाममा रहेको १८० रनको कीर्तिमान तोडे।

३६९ रनको लक्ष्य पछ्याएको न्युजिल्याण्डल ३९ ओभरमा सबै विकेट गुमाएर १८७ रनमै अलआउट भयो । न्युजिल्याण्डका लागि ग्लेन फिलिप्सले सर्वाधिक ७२ रन बनाए। ७६ बल खेलेका उनले ५ चौका र २ छक्का प्रहार गरे । रचिन रभिन्द्रले २८ र डारेल मिचेलले १७ रन जोडे ।

बलिङमा इंग्ल्याण्डका क्रिस वोक्स र लिएम लिभिङ्स्टोनले तीनरतीन तथा रिस टोपलेले दुई विकेट लिए।

चौथो नम्बरमा ब्याटिङ गरेका स्टोक्सले १८२ रन बनाएपछि टस हारेर पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले ४८.१ ओभरमा सबै विकेट गुमाएर ३६८ रन बनाएको थियो । १२४ बल खेलेका स्टोक्सले १५ चौका र ९ छक्का प्रहार गरे । १३(२ को अवस्थामा स्टोक्सले डेविड मालानसँग १९९ रनको साजेदारी गरेका थिए ।

शतकबाट चार रनले चुकेका मालानले ९५ बलमा ९६ रन बनाए। कप्तान जोस बटलरले ३८ रन जोडे। न्युजिल्याण्डका लागि ट्रेन्ट बोल्टले ५ तथा बेन लिस्टरले ३ विकेट लिए ।