रोमाञ्चक टेस्टमा इंग्ल्यान्ड विजयी, सिरिजमा १–०को अग्रता

म्यान्चेस्टरमा भएको रोमाञ्चक टेस्टमा इंग्ल्यान्ड विजयी भएको छ । २७७ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्डले चौथो दिन ७ विकेटको क्षतिमा लक्ष्य भेट्टायो ।

इंग्ल्यानडको जितमा जोस बट्लर र क्रिस वोक्सले उत्कृष्ट ब्याटिङ गरे । उनीहरुले छैठौं विकेटका लागि १३९ रनको साझेदारी गर्दै इंग्ल्यानडलाई रोमाञ्चक जित दिलाए । योसँगै घरेलु टोली इंग्ल्यान्डले ३ खेलको टेस्ट सिरिजमा १–०को अग्रता लियो ।

ओल्ड ट्राफोर्डमा पाकिस्तानले दिएको २७७ रनको लक्ष्य इंग्ल्यान्डले ८२.१ ओभर खेल्दै ७ विकेट गुमाएर पुरा गरेको हो । इंग्ल्यान्डको जितमा क्रिस वोक्स र जोस बट्लरले अर्धशतक प्रहार गरे । उत्कृष्ट ब्याटिङ गरेका वोक्स ८४ रनमा अविजित रहे । उनले १२० बल खेल्दै १० चौका प्रहार गरे । विकेटकिपर बटलरले ७५ रन योगदान गरे ।

यस्तै कप्तान जोय रुटले ४२ र डम सिब्लीले ३६ रन बनाए । पाकिस्तानका लागि यासिर शाहले ४ विकेट लिए भने शाहिन शाह अफ्रिदी, मोहम्मद अब्बास र नासिम शाहले १–१ विकेट लिए ।

पाकिस्तान दोस्रो इनिङ्समा १६९ रनमै अलआउट भएपछि इंग्ल्यानडले २७७ रनको मध्यम लक्ष्य पाएको थियो । १३७–८ को अवस्थाबाट चौथो दिनको खेल सुरु गरेको थप ३२ रन जोड्दा पाकिस्तान अलआउट भयो ।

उसका यासिर शाहले सर्वाधिक ३३ रन बनाए भने असद सफिकले २९, मोहम्मद रिजवानले २७ र अविद अलीले २० रन बनाए। इंग्ल्यान्डका लागि स्टुआर्ड ब्रोडले ३ विकेट तथा बेन स्टोक्स र क्रिस वोक्सले समान २ विकेट लिए ।

यसअघि पहिलो इनिङमा पहिला ब्याटिङ गर्दै ३२६ रन बनाएको थियो । पाकिस्तनालाई बलियो बनाउन सान मसुदले शतक प्रहार गरे । ओपनिङमा आएका मसुदले १५६ रन बनाए । उनले ३१९ बल खेल्दै १८ चौका र २ छक्का प्रहार गरे । मसुदले छैठौं विकेटका लागि सादब खानसँग महत्वपूर्ण १०५रनको साझेदारी गरेका थिए ।

यस्तै, बाबर अजामले ६९ रन बनाउँदा सादबले ४५ रनको योगदान दिए । इंग्ल्यान्डका स्टुआर्ड ब्रोड र जोफ्रा आर्चरले समान ३ विकेट लिँदा क्रिस वोक्सले २ विकेट लिए ।

दोस्रो दिनै पहिलो इनिङ सुरुवात गरेको घरेलु टिम इंग्ल्यान्डले खराब ब्याटिङ गरेको छ । ऊ दोस्रो दिनको समाप्तिमा ९४–४को खराब अवस्थामा छ । उसका ओली पोप ४६ र जोश बट्लर १५ रन बनाएर क्रिजमा छन् ।

उसका कप्तान जो रुटले १४ रन बनाउँदा रोए ब्रुन्सले ४, डम सिब्लेले ८ रन बनाए भने बेन स्टोक्सले डकआट भए । पाकिस्तानका मोहम्मद अब्बास २ तथा शाहीन साह अफ्रिदी र यासिर साहले समान १ विकेट लिए ।

बल र ब्याट दुवैमा उत्कृष्ट प्रदर्शृन गरेका क्रिस वोक्स प्लेयर अफ दी म्याच घोषित भए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *