पाकिस्तान र इंग्ल्यान्डबीचको टेस्ट सिरिज अगस्त ५बाट सुरु हुने

पाकिस्तान र इंग्ल्यान्डबीचको टेष्ट सिरिज अगष्ट पहिलो साताबाट सुरु हुने भएको छ । इंग्ल्याण्ड तथा वेल्स क्रिकेट बोर्डले पाकिस्तानसँगको टेष्ट सिरिज अगष्ट ५ मा सुरु हुने बताएको छ ।

पाकिस्तान र इंग्ल्यान्डबीच ३ टेस्ट सिरिज हुने छ । पहिलो टेस्ट अल्र्ड ट्राफोर्डमा हुने छ भने बाँकी दुई टेस्ट साउथ ह्याम्पटनमा हुने छ । सबैखेल बन्द रंगशलामा हुने छ । कोरोना भाइरसको महामराी पछि सुरु भएको यो दोस्रो टेस्ट सिरिज हो । पहिलो टेस्ट सिरिज इंग्ल्यान्ड र वेस्टइन्डिजबीच जुलाई ८बाट सुरु हुँदै छ ।

टेस्ट र टि–२० सिरिज खेल्न पाकिस्तानी टिम अघिल्लो साता नै इंग्ल्यान्ड पुगिसकेको छ । पाकिस्तानसँगको टि–२० सिरिज अघि र इंग्ल्यान्डले आयरल्यान्डसँग एकदिवसीय सिरिज खेल्ने छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.