होल्डर चम्किँदा इग्ल्यान्ड २०४ रनमै समेटियो

कप्तान जेसन होल्डर उत्कृष्ट बलिङ प्रदर्शन गरेपछि कोरोना भाइरसको महमारी पछि सुरु भएको टेस्ट सिरिजको पहिलो टेस्टमा वेस्टइन्डिजले इग्ल्यान्डले २०४ रनमै अलआउट गरेको छ ।

पहिलो दिन वर्षाले प्रभावित भएपछि दोस्रो दिन ३५–१को अवस्थाबाट सुरु गरेको इंग्ल्यान्डलाई सस्तैमा समेट्ने क्रममा होल्डर ६ विकेट लिए भने सानोन ग्याब्रियलले ४ विकेट लिए । होल्डरले दोस्रो दिन एक्लै ६ विकेट लिने क्रममा २० ओभर बलिङ गर्दै ६ ओभर मेडर राखेर ४२ रन खर्चिए । यस्तै पहिलो दिन १ विकेट लिए गाब्रीएलले दोस्रो दिन ३ विकेट थपे ।

पहिलो पारीमा इंग्ल्यान्डका लागि कप्तान बेन स्टोक्सले सर्वाधिक ४३ रन बनाए भने जोस बट्लरले ३५, डम बेसले ३१ र रोए ब्रुन्सले ३० रनको योगदान दिए । अन्यले भने गतिलो योगदान दिन सकेनन् । यो स्टोक्सले कप्तानी गरेको पहिलो खेल हो ।

दोस्रो दिननै आफ्नो पहिलो इनिङ सुरुवात गरेको वेस्टइन्जिडले दोस्रो दिनको समाप्तिमा ५७ रन बनाउँदा १ विकेट गुमाएको छ । उसका जेन क्याम्वेल २८ रन बनाएर आउट भए भने क्रिग ब्रेथवेट २६ र साइ होप ३ रन बनाएर खेलिरहेका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.